Aamsanchar

ड्राइभिङ स्कुल सञ्चालकहरूको सरकार समक्ष १२ बुद्धे माग, समस्या समाधान गर्ने प्रधानमन्त्रीद्वारा आश्वासन

Author Image
सोमवार, भदौ १८, २०८०

काठमाडौं । ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ । ड्राइभिङ स्कुल संघ, नेपालका पदाधिकारीहरूले पेस गर्नुभएको ज्ञापनपत्र आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमबीच बुझ्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले मन्त्रालय र विभाग मार्फत यस क्षेत्रमा विद्यमान समस्याका बारेमा छलफल अगाडि बढाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

ड्राइभिङ स्कुल संघले प्रधानमन्त्री समक्ष पेस गरेको ज्ञापनपत्रको पूर्ण पाठ यसप्रकार रहेको छ ।

सम्माननीय प्रधानमन्त्री ज्यू
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवार
काठमाण्डौ, नेपाल

बिषयः ज्ञापन पत्र सम्बन्धमा ।

महोदय
प्रस्तुत विषयमा देशमा विद्यमान रहेको बेरोजगार समस्याहरूको हल होस् तथा सवारी दुर्घटना न्यूनिकरण भई धनजनको क्षति हुनबाट बचाउने उद्देश्यका साथ हामी ड्राइभिङ स्कुल सञ्चालकहरूले ड्राइभिङ सीप सिकाउने समान उद्देश्यका व्यवसायीहरू मिलेर विधिवत रुपमा ड्राइभिङ स्कुल संघ नेपाल दर्तागरी यस संघको छातामा रहेर नेपाल सरकारका बिभिन्न निकायमा दर्ता तथा अनुमति लिई ड्राइभिङ स्कुल सञ्चालन गर्दै आएको कुरा अवगत गराउँदछौँ । बेरोजगार युवा युवतीहरूलाई सवारी चालक प्रशिक्षण गराई स्वदेश तथा विदेशमा समेत रोजगार सृजना गराउँदै देशको आर्थिक अवस्थालाई मजबुत बनाउन आवश्यक वातावरण बनाई थप शसक्त रुपमा अगाडि बढाउने लक्ष्य सहित हाम्रो ड्राइभिङ स्कुल संघले तपसिल बमोजिमका समस्यालाई समाधानको वातावरण बनाई विद्यमान अवस्थामा रहेका ऐन नियम संशोधन गर्नुपर्ने भए ऐन नियम संशोधन गरी कार्यन्वयन गरिदिनुहुन सम्माननीय प्रधानमन्त्री समक्ष जोडदार माग गर्दछौँ ।

तपसिल
१,    सवारी चालक अनुमति पत्र ९लाईसेन्स० को आवेदन दर्ता गर्दा ड्राइभिङ प्रशिक्षण केन्द्रबाट तालिम लिएको प्रमाण पत्र पेश गर्नुपर्ने प्रावधान सरकारले खारेज गर्दा दक्ष सवारी चालकको उत्पादनमा कमी आई अत्याधिक दुर्घटना भएर धनजनको ठुलो क्षति भइरहेकोले सवारी चालक अनुमति पत्र लिनको लागी ड्राइभिङ तालिम तथा सिकेको प्रमाण पत्र अनिवार्य गराइयोस् ।
२,   सवारी चालक प्रशिक्षण केन्द्रको लागि प्रशिक्षण कार्यमा प्रयोग हुने सवारी साधनहरूमा पनि निजी तथा सामुदायिक विद्यालय सरह भन्सार शुल्कमा छुट तथा सवारी साधनहरूको रङ्ग एउटै हुने व्यवस्था मिलाइयोस् ।
३,    सबै प्रशिक्षण केन्द्रहरूले प्रशिक्षण प्रयोजनको लागि छुट्टा छुट्टै प्रशिक्षण स्थल बनाई प्रयोग गर्दा अत्याधिक मात्रामा खेती योग्य जमिन मासिने भएकोले प्रशिक्षण स्थल साझा रुपमा प्रयोग गर्न पाउने व्यवस्था गराइयोस् ।
४,    विदेशको तुलनामा नेपालमा सावरी साधन बाट अत्यधिक दुर्घटना हुने हुँदा यहाँका ड्राइभिङ प्रशिक्षण केन्द्रहरूलाई समय समयमा यस सम्बन्धी तालिम, अध्ययन, लागी स्वदेश तथा विदेश अवलोकन गर्ने प्रावधान मिलाइयोस्।
५,    सवारी चालक अनुमति पत्र सम्बन्धी परीक्षा तथा अन्य नीति नियम र नियमावली सम्बन्धी कार्यमा ड्राइभिङ स्कुल संघको तर्फबाट पनि विज्ञको प्रतिनिधित्व हुने व्यवस्था मिलाइयोस् ।

६,   ड्राइभिङ प्रशिक्षण केन्द्र दर्ता नवीकरण  प्रत्येक ५÷५ वर्षमा नवीकरण गर्ने व्यवस्था मिलाइयोस् ।
७, सवारी चालक अनुमति पत्र नवीकरणको म्याद ५ वर्षको सट्टा त्यसलाई १० वर्षको नवीकरण हुने व्यवस्था मिलाइयोस् । साथै विदेशमा रहेको नेपालीहरूलाई विदेशबाट नै नवीकरण गर्न मिल्ने व्यवस्था गराइयोस् ।
८,     ड्राइभिङ प्रशिक्षण केन्द्र दर्ता तथा नवीकरण गर्दा नेपाल सरकारबाट अनिवार्य गरिएको मेकानिकल सुपरभाइजर र मेकानिकल इन्जिनियर आवश्यक नभएकोले सो ब्यवस्था हटाइयोस् ।
९,    दर्ता नवीकरण नभएका व्यक्ति, समुह बाट पनि ड्राइभिङ प्रशिक्षणको कार्य गराई रहेको र यसमा राज्य मौन रहेको हुँदा दर्ता नवीकरण गरी राज्यलाई कर तिर्ने व्यवसायीको व्यवसाय धरापमा परेकोले यस्तो कार्यको अनुगमन गरी त्यस्ता व्यक्ति, समुहहरूलाई तुरुन्त कारवाही गरियोस् ।
१०, सवारी चालक अनुमति पत्र नयाँ तथा नवीकरण, प्रतिलिपि, वर्ग थप गरेको १, २ वर्षसम्म पनि सवारी चालक अनुमति पत्र वितरण नभएकोले यस कार्यलाई सबै प्रदेश कार्यालय मार्फत प्रिन्ट गराई यसलाई एक हप्ताभित्रमा नै दिने व्यवस्था मिलाइयोस् ।
११, सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा असफल भएपश्चात ९० दिनसम्म परीक्षामा सहभागी हुन नपाउने व्यवस्थाको अन्त्य गरियोस ।
१२, लिखित परीक्षा दिई उत्रिर्ण भइसकेका प्रशिक्षार्थीहरूलाई प्रयोगात्मक परीक्षा असफल भए एक वर्ष भित्रमा राज्यको राजस्व बुझाई जति पटक पनि प्रयोगात्मक परीक्षा दिन पाउने व्यवस्था गरियोस ।

उपस्थितीहरुः

१    रामचन्द्र श्रेष्ठ    केन्द्रिय अध्यक्ष
२    खगेन्द्र बुढाथोकी    केन्द्रिय वरिष्ठ उपाध्यक्ष
३    बाबुकाजी महर्जन    केन्द्रिय कोषाध्यक्ष
४    शिव श्रेष्ठ    केन्द्रिय सदस्य
५    बाबुराम प्रधान    अध्यक्ष, कोशी प्रदेश
६    शिव कुमार श्रेष्ठ    अध्यक्ष, बाग्मती प्रदेश
७    गोपाल प्रसाद घिमिरे    महासचिव, कोशी प्रदेश
८    यज्ञराज दाहाल    सदस्य, कोशी प्रदेश
९    योगेन्द्र पोख्रेल    सदस्य, कोशी प्रदेश
१०    डिग बहादुर नेम्वाङ    अध्यक्ष, झापा जिल्ला
११    मनिष थापा    अध्यक्ष, मोरङ जिल्ला
१२    भुपेन्द्र थापा    सचिव, सुनसरी जिल्ला
१३    अनन्त घिमिरे    सहसचिव, सुनसरी जिल्ला
१४    विकास राई    कोषाध्यक्ष, सुनसरी जिल्ला
१५    धर्मराज शाही    सदस्य, सुनसरी जिल्ला

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर