Aamsanchar

मुखियाको अध्यक्षतामा अनारमनी सोसियल युथ क्लव गठन

Author Image
बिहिवार, भदौ २१, २०८०

विर्तामोडमा- विर्तामोडमा आयोजित युवाहरुको भेलाले राज मुखियाको अध्यक्षतामा अनारमनी सोसियल युथ क्लव गठन गरेको छ ।विर्तामोड नगरपालिकाको सभाहलमा आयोजित युवाहरुको भेलाबाट विभिन्न उपसमितीको सयोंजक समेत  सार्वजनिक गरेको विर्तामोड ३का वडा अध्यक्ष मदन वुडाथोकीले जानकारी दिनुभएको छ । उपसमितीका सयोंजक नै अनारमनी सोसियल युथ क्लवका सदस्यहरु रहने गरि कार्ययोजना निर्माण गरिएको रेडक्रस झापाका सदस्य तथा सहभागी सजेस सिवाकोटीले जानकारी दिनुभएको हो ।समितीका उपसमितीका सयोजकहरुमा  कुमार  सुवेदी ,अभिसेक  राजबशीं,दिनेश मैनाली ,सव्दर अन्सारी ,रुमिला ,श्री न्यौपाने,सजंय पौडेल, सौगात माझी,आकाश खड्का,कृष्ण राजबशीं,सौगात,नविन विमली ,गौरी न्यौपाने,कृष्ण बाराकोटी ,जगन्नाथ भटराइ,राजकुमार ओली सहित १५ सदस्यीय समिती निर्माण गरिएको विर्तामोड नगरपालिकाका नगर परिषद सदस्य हरि बास्कोटाले जानकारी दिनुभएको छ ।विर्तामोड  क्षेत्रमा देखिएको  लागु औषध द्रूव्यसनी देखि फोहोरमैला व्यावास्थापन,ग्रिन विर्तामोड,स्वास्थ्य सचेतना,खेलकुद लगाएतका विषयमा काम गर्ने लक्ष्यका साथ क्लवको समिती निर्माण गरिएको हो।
विगत केही समय देखि विर्तामोडका युवहरु कैलाश प्रसाइ ,राज मुखिया लगाएतका युवाहरुको सहयोग सन्चालनमा रहेको यो क्लव अनारमनीको  नामलाइ जिवन्त राख्न पनि सवैको जोड रहेको स्थानिय अगुवा प्रेम उप्रेतीले जानकारी दिनुभएको छ । गत आर्थिक वर्षे देखि ने विर्तामोडमा ग्रिन विर्तामोड अभियान सन्चालन गरि कार्य गर्दै आएको युवाहरुको समुहले यो सस्था.को अगुवाइ गर्ने तयारी गरेको स्थानिय अगुवा कुमार बुडाथोकीले बताउनुभयो। अनारमनी सोसाइटी युथ क्लवको सयोंजकमा राज मुखियाको टिम सार्वजनिक ,ग्रिन विर्तामोड र लागु अ‍ैषध द्रूव्यसनी नियन्त्रण मुख्य एजेण्डा रहेकाे छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर