Aamsanchar

राम्रो आर्थिक श्रोतको माध्यम कवाडी, मासिक २५ हजार कमाइ

Author Image
शुक्रवार, भदौ २२, २०८०

झापा ।  भारतको पश्चिम बंगाल राज्यको माल्दा जिल्लामा पर्ने मुरसीदाबाज गाउँ भारतको सीमावर्ती नेपाली बजार काँकरभिट्टाबाट झण्डै ३ देखि ४ सय किलोमिटरको दुरीमा पर्दछ । त्यही जिल्लामा बसोबास गर्ने ४५ वर्षका फिरादुल शेख २० वर्षदेखि झापाको मेचीनगर नगरपालिका —७ इटाभट्टामा घर भाडामा लिएर बसेका छन् ।

उनी कुनै रोजगारीमा छैनन् । तर, उनको मासीक आम्दानी भने एकजना सरकारी कर्मचारीको भन्दा कम छैन् । शेख विगत २० वर्षदेखि नेपालका विभिन्न भागमा पुराना कागज तथा धातुजन्य कवाडी समान संकलन गरिरहेका छन् । फोहोरबाट मोहोर कमाउन उनी जस्ता थुप्रै भारतीय नागरिक कवाडी सामान संकलन गरिरहेका भेटिन्छन्, नेपालका गाउँ गाउँमा । दुई छोरा एकछोरी र श्रीमतीसहित चारजना परिवारको हातमुख जोड्ने मुख्यः आधार नै कवाडी संकलन गर्नु नै रहेको उनको भनाई छ । खाली बोत्तल, कागज, फलामका टुक्रा भन्दै साइकल डो¥याउनेहरुको लहर्काे ठुलै देखिन्छ । भारतीय मूलका नागरिकहरु जिल्लाका गल्ली गल्ली डुलेर खाली बोत्तल, टिन, कागज र फलामका टुक्रा संकलन गर्छन् ।

हरेक दिन विहान साईकलमा गाउँ शहर घुमेर संकलन गरेको कवाडी नै उनीहरुको आम्दानीको मुख्यः स्रोत हो । अनि घर चलाउने मुख्यः आधार पनि । ‘मासिक २८ सय रुपैयाँ घरभाडा तिर्नुपर्छ, ५ देखि ८ हजार रुपैयाँ घर पठाउनुपर्छ, चामल तरकारी सवै किन्नुपर्छ’ शेखले भने—‘गाउँमा राम्ररी सामान पाईयो भने महिनामा १५ देखि २५ हजार रुपैयाँ आम्दानी गरिन्छ ।’ शारिरीक श्रम चाँहि निक्कै गर्नुपर्ने उनको अनुभव छ । दैनिक १० देखि २० किलोमिटरसम्म साईकल चलाउनुपर्छ । यो सवैका लागि चानचुने कुरा नभएको उनको भनाई छ ।

उनी विर्तामोडसम्मका गाउँ गाउँ पुग्ने गरेका छन् । ती गाउँसहरका विभिन्न भागबाट संकलन गरी ल्याएका सामान शहरमा खोलिएका कवाडी पसलमा विक्री गर्नु उनी जस्ता थुप्रैको दैनिकी हो । किन कि कवाडीले नै उनीहरुको घरगर्जाे टरेको छ । उनीसँगै उनका २२ वर्षका छोरा मासीदुल शेख पनि छन् । उनको काम पनि पनि बाबुको जस्तै हो । विहान उठ साइकल टिप गाउँ गाउँ पुगेर कवाडी संकलन गर्नु र शहरमा ल्याए बिक्री गर्नुनै उनको दिनचर्या हो । मासीदुलका अनुसार बिहानैदेखि राम्ररी साइकलमा गाउँ घुम्दा दुई हजार पाँच सयसम्म आम्दानी हुन्छ । कहिले त एकजार मात्र पनि हुन्छ । यही पेसाले आफ्नो परिवार चलेको शेख बताउँछन् । शेख त एकजना प्रतिनिधि पात्र मात्र हुन्, यो पेशामा अधिकाँश भारतीय नागरिक रहेका छन् ।

मेचीनगर नगरपालिका क्षेत्रभित्र मात्रै १४ वटा कवाडी संकलन केन्द्र रहेको सिआरबी ट्रेडर्स एण्ड सप्लार्यसका सञ्चालक विनोद बस्नेतको भनाई छ । १० वटा त भारतीय नागरिककै हुन् । मेचीनगर कवाडी व्यवसायी संघका कोषाध्यक्ष समेत रहेका वस्नेतले मेचीनगर नगरपालिका —६ काँकरभिट्टामा १४ वर्षदेखि कवाडीको व्यवसाय गर्दै आएका छन् । उनको फममा साईकलमा गाउँ गाउँ घुमेर कवाडी संकलन गरी विक्री गर्नका लागि दैनिक १५ देखि २० जना मानिसहरु आउँछन् । तर, अधिकाँश भारतीय नागरिक आउँछन् । ‘व्यवसाय गरेको १४ वर्ष भयो बस्नेतले भने —‘ दैनिक १५ देखि २० जना त्यस्ता मान्छे आउँछन् । त्यसमा नेपाली १÷ २ जनामात्र नेपाली आउने गरेका छन् ।’

गाउँ गाउँमा गएर पुराना सामान संकलन गर्ने व्यक्ति नेपालमा पाउनै मुस्किल भएको बस्नेत बताउँछन् । राम्रो आम्दानी भए पनि यो पेसामा नेपालीको आकर्षण देखिँदैन । यो काम, जसलाई हेयको दृष्टिले हेरिने व्यवसायीहरुको भनाई छ । संघका उपाध्यक्ष पवन उप्रेती भन्छन् ‘यो काममा पैसा नहुने भए किन मान्छेहरु भारतदेखि आएर रातदिन खटिरहेका छन् ? साँझ बिहान केही नभनी किन खाली बोत्तल, कागज, फलामका टुक्रा भन्दै घोक्रो सुकाइरहेका छन् ? पक्कै केही छ ।’ भारतीय नागरिकहरु खाली बोत्तल, कागज, फलामका टुक्रा भन्दै गल्ली गल्ली चहार्ने । त्यो काम नेपालीले नदेख्ने के नेपालीले चाहिँ गर्नै नहुने काम हो र यो

संकलकहरुले गाउँसहरका विभिन्न भागबाट संकलन गरी ल्याएको कागज प्रतिकिलो १५ देखि २० रुपैयाँसम्म, टिन ३० देखि ३५ रुपैयाँसम्म, फलाम ५० देखि ५५ रुपैयाँसम्म, बसगाडी, इन्भटरका व्याट्री ४ हजारदेखि ४५ सय सम्म, पुराना टायर दुई सय देखि पाँच सयसम्म र सिसाको बोतलप्रति गोटा डेढदेखि दुई रुपैयाँसम्ममा बिक्री गर्छन् । यस्ता सामग्री उद्योगमा पु¥याएर प्रशोधन गरी पुनः प्रयोगमा ल्याइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य बढ्यो
बिहिवार, मंसिर ६, २०८१
आज सुनको मूल्य
बुधवार, मंसिर ५, २०८१