Aamsanchar

होटल व्यवसायी संघ झापाको १० औं अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः श्रेष्ठ

Author Image
शुक्रवार, भदौ २२, २०८०

बिर्तामोड । होटल ब्यवसायी संघ झापाको १० औं जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनले इन्दिरा श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा ख्यामप्रसाद ओली, उपाध्यक्षमा रामकुमार प्रसाई, महासचिवमा शिवराज पौडेल, सचिवमा मानबहादुर गिरी र कोषाध्यक्षमा रमेश मगर चयन भएका छन् ।

१५ सदस्यीय समितिको सदस्यहरुमा तिलकबहादुर श्रेष्ठ, ढुका कुमाल, निरोज सिटौला, टेकबहादुर बस्नेत, डम्बरबहादुर नेम्बाङ, जयप्रकाश राई, नोर्वु लामा शेर्पा, भीम सुब्बा र चन्दा बुढाथोकी रहेका छन् ।

अधिवेशन उद्घाटन सत्रलाई प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईँले सम्बोधन गर्दै पर्यटन प्रवद्र्धनका लागि होटल ब्यवसायीले महत्वपूर्ण भूमिका खेलेको बताइन् ।

होटल ब्यवसायलाई मर्यादित ब्यवसाय बनाउनुपर्नेमा जोड दिदैं होटलको प्रर्वद्धनका लागि स्थानीय तहबाट सहयोग गर्ने बचन दिइन् । संघसँग नगरपालिकाले बिगतमा पर्याप्त सहकार्य गरेको स्मरण गर्दै नगर प्रमुख प्रसाईँले आगामी दिनमा पनि सहकार्य र सहयोगको निरन्तरता रहने प्रतिबद्धता जनाइन् ।

होटल ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष देवी गौतमले सरकारले लगानीको वाताबरण बनाए ब्यवसायी लगानीका लागि तयार रहेको बताए । उनले झापा वा कोशी प्रदेशलाई भ्रमण बर्षका रुपमा मनाउन प्रस्ताव गर्न उनले ब्यवसायीलाई आग्रह गरे । कार्यक्रममा होटल ब्यवसायी संघ कोशीका अध्यक्ष राजेन्द्र दङगाल लगायतले बोलेका थिए ।

संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव ख्याम ओलीले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिब शिव पौडेलले गरेका थिए । कार्यक्रममा अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा भएका प्रगति विवरण प्रस्तुत गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर