Aamsanchar

नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउँसोबाट बालुवाटारस्थित निवासमा राखिने

Author Image
बुधवार, भदौ २७, २०८०

काठमाडौं – नेकपा (एमाले)का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउँसोबाट बालुवाटारस्थित निवासमा राखिने भएको छ ।

एमाले प्रचार विभाग सचिव गगन विष्टका अनुसार नेम्वाङको पार्थिव शरीर दिउँसोपछि बालुवाटारस्थित निवासमा राखिने भएको हो । त्यहाँ नेम्वाङप्रति उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ ।

त्यसअघि उनको पार्थिव शरीर दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमै राखिनेछ ।

विदेशबाट छोराहरू आइसकेपछि उनको अन्त्येष्टि बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ ।

एमालेले उनको सम्मानमा तीन दिनसम्म पार्टीका आधा झण्डा झुकाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर