Aamsanchar

हेटौंडामा आज आकस्मिक बाहेकका सबै सेवा बन्द

Author Image
शुक्रवार, भदौ २९, २०८०

काठमाडौं – चिकित्सकमाथि कुटपिट गर्नेहरुलाई कारबाहीको माग गर्दै चिकित्सकहरुले हेटौंडामा आज आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गरेका छन् ।

हेटौंडामा सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुमा आज आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो ।हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले आकस्मिक सेवा र फार्मेसी बाहेक कुनै पनि सेवा आज उपलब्ध नहुने बताउनु भएको छ । यता, हेटौँडा अस्पतालका ७८ चिकित्सकहरूले हिजो नै सामूहिक राजीनामा बुझाएका छन् ।

कुटपिटमा संलग्नलाई हदैसम्मको कारबाही माग गर्दै उनीहरुले मेसु सापकोटालाई राजीनामा बुझाएका हुन् । मेसु सापकोटाले उक्त राजीनमापत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाउने बताउनु भएको छ । एक महिनाअघि डेंगी संक्रमणबाट मृत्यु भएका हेटौँडा–१२ का राजेश प्रधानका आफन्तले गत बुधबार हेटौंडाको सञ्चो अस्पतालभित्र प्रवेश गरी डा विकास थापा र डा प्रशान्त विडारीमाथि हातपात गरेका थिए ।

हाई डिपेन्डेन्सी युनिट (एचडीयू) मै छिेरर चिकित्सकमाथि आक्रमण हुनुले ज्यानको जोखिम बढाएको गुनासो चिकित्सकहरुले गरेका छन् । यसैबीच, प्रहरीले कुटपिटमा संलग्न चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दिवंगत राजेश प्रधानकी श्रीमती, छोरी र अन्य दुई जना रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर