Aamsanchar

कल सेन्टर सञ्चालन गरेर रकम असुलीलेका आरोपमा २० बर्षिय युवक पक्राउ

Author Image
शुक्रवार, भदौ २९, २०८०

काठमाडौं – कल सेन्टर सञ्चालन गरेर अवैधरूपमा रकम असुली गर्ने गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपालचोक बाह्रबिसे नगरपालिका–७ का २० वर्षीय मिलन थापा रहेका छन् । उनी हाल काठमाडौंस्थित कीर्तिपुरको पाँगामा बस्दै आएका थिए ।पाँगा क्षेत्रमा कोठा भाडामा लिएर गैरकानुनीरूपमा कल सेन्टर सञ्चालन गरिरहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई ३,७०० थान सिम कार्ड, २३ थान ल्यापटप र विभिन्न व्यक्तिहरूका २७ थान नागरिकतासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)