Aamsanchar

दक्षिण अफ्रिका पठाउने भनेर ठगी गर्ने पक्राउ

Author Image
शुक्रवार, भदौ २९, २०८०

वैदेशिक रोजगारीको प्रलोभन देखाएर मोटो रकम ठगी गर्ने व्यक्ति तथा म्यानपावर कम्पनी कारवाहीमा परेका छन् । वैदेशिक रोजगारी विभागले शुक्रबार उनीहरुमाथि कारवाही गरेको जानकारी गराएको हो ।

विभागका प्रवक्ता कविराज उप्रेतीका अनुसार खिमप्रसाद गुरुङ नाम व्यक्तिले दक्षिण अफ्रिकामा मासिक ८० हजार रुपैयाँ तलबमा काम लगाइने प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट २६ लाख रुपैयाँ उठाएको उजुरी गरेको थियो ।

उनले सुगरमार्केटमा काममा लगाइदिने र त्यसका लागि प्रतिव्यक्ति ७ लाख खर्च हुन्छ भन्दै रकम उठाएको पाइएको छ । सो रकम उठाएर दक्षिण अफ्रिका नपठाएको र रकम समेत फिर्ता नगरेको उजुरी परेसँगै विभागले अनुसन्धान थालेको थियो ।

विभागले खिमप्रसाद गुरुङको जाहेरीबाट लिएको बिगो रकम र त्यसको ५० प्रतिशतका दरले हर्जाना समेत तिर्ने गरी वैदेशिक रोजगार न्यायाधीकरण समक्ष अभियोग पत्र दर्ता गरेको हो ।

अर्जुन पोख्रेल नामक प्रतिवादीले मासिक ६ सय रकम कमाइ हुने प्रलोभनमा सर्बिया पठाउने भन्दै ४ लाख ठगी गरेको उजुरी परेको थियो । सो बारे परेको उजुरीमा अनुसन्धान गरी बिगो रकम भर्पाई गर्न र ५० प्रतिशत जरिवाना तिर्ने समेत निर्णय गराई वैदेशिक रोजगार न्यायाधीकरणमा अभियोग पत्र दर्ता गरेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर