Aamsanchar

औषधि व्यवसायी संघ झापाको अध्यक्ष पदमा खड्काको उम्मेदवारी घोषणा 

Author Image
शनिवार, भदौ ३०, २०८०

दमक । नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा झापाको आसन्न अधिवेशनमा वर्तमान महासचिव रहेका जीवनकुमार खड्काले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आगामी असोज १२ गते दमकमा हुने संघको दोस्रो अधिवेशनमा खड्काले अध्यक्ष पदका लागि उम्मेदवारी दिने तयारी गरेका हुन ।

यद्यपि सर्वसम्मत समिति चयन गर्ने तर्फ नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा उन्मुख रहेको पाइएको छ ।

औषधि व्यवसायीहरूको पेशागत हकहितका लागि निरन्तर काम गर्दै आएका खड्काको उम्मेदवारी घोषणाले यतिबेला झापा जिल्लाका औषधि व्यवसायीहरूमा  उत्साह थपिएको बिर्तामोडका एक औषधि व्यवसायीको भनाई छ ।

बिर्तामोड –४ स्थायी घर भएका खड्का लामो समयदेखि थोक औषधि व्यवसायी गर्दै आएका व्यक्ति हुन ।

व्यवसाय र समाजसेवालाई जीवनकुमार ले  आफ्नो कर्म ठान्ने गरेका छन्  । जीवनकुमार अन्य सङ्घसंस्थामा रहँदा पनि कुशलतापूर्वक जिम्मेवारीहरू पुरा गरेर सफल नेतृत्वको रुपमा परिचित छन् ।
बिर्तामोडमा रहेको त्रिशूल फर्माको सञ्चालन र त्रिवेणी फार्मेसीको प्रबन्ध निर्देशक पनि रहेका खड्का  निर्माणाधीन नागरिक अस्पतालको कोषाध्यक्षको जिम्मेवारी वहन गर्दै आएका छन् ।
‘नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य, वीरता जेसीजको सिनेटर, लायन्स क्लब अफ बिर्तामोडको पूर्वअध्यक्ष रहँदा गरेको कामले उनी सामाजिक काममा समर्पित व्यक्ति हुन’ व्यवसायीहरूको भनाई छ ।
लायन्स क्लबको एमजेएफ, भरत विश्रान्तिका आजीवन सदस्य तथा बिर्तामोड उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य, महिला सामुदायिक अस्पतालका मानार्थ सदस्य साथै भद्रपुर गोल्ड कपका संस्थापक सदस्य, झापा गोल्डकप संस्थापक सदस्य धार्मिक क्षेत्रमा पनि उत्तिकै अग्रसर। वीर अमर सिंह माविमा विद्यालय व्यवस्थापन समिति सदस्य रहेर काम गरिसकेका छन् भने केही संस्थामा हाल क्रियाशील रहेका छन् ।

पेशा र पेशाकर्मीको हक अधिकार सुनिश्चित गर्न र विभिन्न समयमा आइपर्ने समस्या हरूलाई समाधान गर्न सर्वपक्षीय पहुँच राख्न सक्ने खड्काले स्वदेशका विभिन्न ठाउँहरू र विदेशीहरू जापान, सिंगापुर, इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड, कतार, बंगलादेश, भारत, लयागतका  देशहरूको भ्रमण गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 480

प्रतिक्रिया (०)