Aamsanchar

मेचीनगरबाट बिना बिलको ७५ हजार मुल्य बराबरको मरेको माछा नियन्त्रणमा लिइ नष्ट

Author Image
आइतवार, भदौ ३१, २०८०

झापा- मेचीनगरबाट बिना बिलको मरेको माछा नियन्त्रणमा लिएर नष्ट गरेकाे छ । प्रहरी चौकी चारआली, कोशी प्रदेश मत्स्य किसान समूहका वरिष्ठ उपाध्यक्ष मोहन शिवाकोटी र मेची मत्छे किसान समूह झापाका अध्यक्ष लक्ष्मी शिवाकोटीसहितको संयुक्त टोलीले मेचीनगर १३ स्थित चारआलीमा पूर्वबाट पश्चिमतर्फ सिटीमा ल्याउदैँ गरेको २४० केजी माछा नियन्त्रणमा लिएर नष्ट गरेकाे हो ।

बिना बिलको मरेको माछा मुल्य ७५ हजार मुल्य बराबरको रहेको छ । नियन्त्रणमा लिएको माछालाई पशु क्वारेनटाइन कार्यालय काँकडभिट्टाका प्राविधिक टोली बोलाएर चेकजाँच गरिएको थियो । चेकजाँच गर्दा उक्त माछा खान अयोग्य देखिएकोले प्रहरी चौकी चारआलीमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर