



विराटनगर – जिल्ला प्रशासन कार्यालय मोरङले दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको छ।
कोशी प्रदेशको राजधानी विराटनगरलाई केन्द्र बनाएर विविध समूहबाट विरोध, धर्ना, जुलुस, आयोजना गरी विरोधका कार्यक्रम भइरहने हुँदा उक्त गतिविधिबाट शान्ति सुरक्षामा असर पर्न सक्ने भएकाले सुरक्षा जोखिमलाई मद्देनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवं सामान्य तुल्याउन निषेधित क्षेत्र तोकिएको हो।
जिल्ला सुरक्षा समिति मोरङको निर्णयानुसार असोज १ गते बिहान ०६ बजेदेखि २ (दुई) महिनासम्मका लागि निषेधित क्षेत्र तोकिएको जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै जानकारी दिएको हो।

कुनकुन स्थानमा तोकियो निषेधित क्षेत्र र?
प्रदेशसभा पूर्वमा ( देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेषचोकदेखि दक्षिण जतुवा चोक क्षेत्र,
मुख्यमन्त्री निवास वरिपरि ३०० मिटर क्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३०० मिटर क्षेत्र, जिल्ला प्रशासन कार्यालय, मोरङ डाँफेचोकदेखि पूर्वनिषेधित क्षेत्र तोकिएको छ।
‘सर्वसाधारण तथा सवारीसाधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली, धर्ना जस्ता काम गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३क० बमोजिम निषेध गरिएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’‚ जारी सूचनामा उल्लेख छ ।
आदेशको उल्लंघन गरी उल्लिखित कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने समेत जनाइएको छ।
प्रदेश नं. १ पुनः नामकरण संयुक्त संघर्ष समितिद्वारा २ गते विराटनगरमा बृहत् मोटरसाइकल र्याली गर्ने जनाउँदै आएको थियो।