Aamsanchar

राष्ट्रिय स्वतन्त्र पार्टीले २७० पालिकामा भेला सक्यो

Author Image
सोमवार, असोज १, २०८०

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले २७० पालिकामा भेला सकेको छ । ६ प्रदेशको प्रशिक्षण सकेको रास्वपाले पछिल्लो दिनमा पालिका भेलालाई प्राथमिकता दिएको छ ।

सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार संगठन विस्तारक्रममा हालसम २७० पालिकामा भेला सकिएको छ । भदौको अन्तिम साता सभापति रवि लामिछाने, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, सांसदद्वय डा। स्वर्णिम वाग्ले, डा.तोसिमा कार्की लगायत गोरखा र तनहुँमा पालिका भेलामा सहभागी भए ।

असोज ६ गते रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भेला गर्न लागिएको सहमहामन्त्री बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार पार्टीको संगठन विस्तार सबै जिल्लामा भएको छ ।

अन्य प्रदेशको तुलनामा कर्णालीमा पार्टीको गतिविधि कम रहेको रास्वपाले स्वीकारेको छ । अन्य ६ प्रदेशमा प्रशिक्षण सकिए पनि कर्णालीको हुन सकेको छैन । ‘अरु ६ प्रदेशमा प्रशिक्षण सक्यौं । कर्णालीको दशैं–तिहारकोबीच तिर हुन्छ होला,’ सहमहामन्त्री बुर्लाकोटीले भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर