Aamsanchar

हावा भर्ने ट्याङ्की विस्फोट हुँदा दुई जना गम्भीर घाइते

Author Image
सोमवार, असोज १, २०८०

रौतहट – हावा भर्ने ट्याङ्की विस्फोट हुँदा रौतहटमा दुई जना गम्भीर घाइते भएका छन्।

जिल्लाको गरूडा नगरपालिका–४ स्थित समनपुर रोडमा आज सोमबार गाडीमा हावा भर्ने ट्याङ्की विस्फोट हुँदा उनीहरू घाइते भएका हुन्।

धर्मेन्द्र मोटरसाइकल वर्कसपमा मोटरसाइकल मर्मत गरिरहेका स्थानीय धर्मेन्द्र साह र विधिकुमार साह घाइते भएका इलाका प्रहरी कार्यालय गरूडाले जनाएको छ।

अचानक सवारीमा हावा भर्ने ट्याङ्की विस्फोट भएपछि फलाम उडेर दुवै जना घाइते भएका हुन्। धर्मेन्द्रको दाहिने हातमा अधिक चोट लागेको प्रहरीले जनाएको छ।

स्थानीय अस्पतालमा उपचार गराउँदा घाइते दुवैको अवस्था गम्भीर देखिएपछि थप उपचारको लागि वीरगञ्ज पठाइएको छ।

दुवैको हात र शरीरमा गम्भीर चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर