Aamsanchar

झापा : दुईवटा घरमा आगलागी हुँदा साढे ५ लाख रुपैयाँ बराबरको क्षति

Author Image
सोमवार, असोज १, २०८०

झापा – भद्रपुरमा दुईवटा घरमा आगलागी हुँदा साढे ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। भद्रपुर नगरपालिका–५ स्थित झिम्कीचोक निवासी रोहित कामती र सोही ठाउँका अजय रसाइलीको घरमा सोमबार दिउँसो सवा ४ बजेको आगलागी भएको थियो।

कामतीको घरमा खाना पकाउने ग्यास सिलिन्डरबाट ग्यास लिक भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

कामतीको टिनको छानो, टिनको बेरा भएको एक तले घर, भाडावर्तन, लत्ता कपडा, फ्रिज लगायतका सरसामान जल्दा करिब ४ लाख रुपैयाँ क्षति भएको छ।

त्यस्तै रसाइलीको टिनको छानो, टिनको बेरा भएको घर आंशिक रूपमा जल्दा करिब डेढ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

घरमा लागेको आगो भद्रपुर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिएको थियो। आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 23

प्रतिक्रिया (०)

सम्बन्धित खबर