Aamsanchar

ब्राउन सगुर सहित दुई जना पक्राउ

Author Image
मङ्गलवार, असोज २, २०८०

मोरङ । मोरङको बिराटनगर महानगरपालिका वडा नं।१७ मटेरुवाबाट लागुऔषध ब्राउन सगुर सहित दुई  जनालाई प्रहरीले प्रकाउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको ईटहरी उपमहानगरपालिका २० बस्ने ३७ बर्षीय अमृत पुरी र धरान उपमहानगरपालिका १ का ३० बर्षीय सुसान्त रिजाल रहेका छन् ।

हिजो दिउसो १२ बजे भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश १-०२-०५२ प २७१७ नम्बरको मोटरसाईकललाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागुऔषध ब्राउन सुगर १० ग्राम ३० मिलिग्राम फेला पारी उनिहरुलाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका दुवै जनाको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर