Aamsanchar

काठमाडौँमा सुनको सिक्री लुट्ने समूह पक्राउ

Author Image
मङ्गलवार, असोज २, २०८०

काठमाडौँ – काठमाडौँको सडकमा हिँडिरहेकी महिलाको घाँटीबाट सुनको सिक्री लुट्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।गत भदौ २५ गते काठमाडौँको कुलेश्वर आवास क्षेत्रमा सडक किनाराबाट पैदल हिँडिरहेकी काभ्रे घर भएकी अप्सरा श्रेष्ठको घाँटीमा लगाइरहेको २ तोला बराबरको सुन लुटिएको थियो ।

यस विषयमा अनुसन्धान गर्दै जाँदा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले समूहका चार जनालाई पक्राउ गर्न सफल भएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताएका छन् ।

पक्राउ पर्नेमा लुटपाटमा संलग्न मोटरसाइकल चालक बागबजार घर भएका ४४ वर्षीय सुरज गुरुङ, मोटरसाइकल पछाडि बसेर सिक्री तान्ने पर्सा घर भएका ४८ वर्षीय अनवर हुेसन अन्सारी, सुन बिक्रीमा सहयोग गर्ने भारतको पश्चिम बङ्गाल भएका ४७ वर्षीय शक्ति भौमिक र सुन किन्ने भारतकै महाराष्ट्रका बासिन्दा ३० वर्षीय सचिन गाड्वे रहेका छन् ।

उनीहरूलाई असोज १ गते काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको रेग्मीले जानकारी दिए । उनीहरूलाई सुन तथा प्रमाण लाग्ने अन्य सामानहरूसहित थप अनुसन्धानका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर