Aamsanchar

नेपाल पाकिस्तानसँग पराजित

Author Image
बिहिवार, असोज ४, २०८०

काठमाडौं – साफ यू–१९ च्याम्पियनसिपकोमा घरेलु टिम नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थिन दशरथ रंगशालामा सम्पन्न खेलमा निरन्तर पाकिस्तानको आक्रमण झेलेको नेपाल दोस्रो हाफमा गोल बेहोरेको थियो ।

पाकिस्तानको जितमा अलि जफरले ७६औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । जफरले करिब ३० यार्ड परबाट गरेको लामो प्रहारले सोझै जाली चुम्दा नेपाली गोलकिपर जियारथ सेखले प्रतिक्रियाको मौकासमेत पाएनन् ।

त्यसअघि पनि नेपालले पाकिस्तानबाट निरन्तर दबाब खेपेको थियो ।

२६औँ मिनेटमा पाकिस्तानका साह जहनले गरेको प्रहार गोलकिपर जियारथले बचाएका थिए । ३३औँ मिनेटमा ६ यार्ड बक्सबाट मुहम्मद अदिल युनसले गरेको प्रहारमा जियारथले उत्कृष्ट बचाउ गरेपछि नेपालले खतरा टारेको थियो ।

३४औँ मिनेटमा पाकिस्तानका मुहम्मद अदिल युनसले ुवान भर्सेस वानु अवसर गुमाएपछि पाकिस्तानले अग्रताको सुनौलो अवसर गुमाएको थियो ।

४०औँ मिनेटमा साह जहनको प्रहारमा पुनः जियारथ बाधक बनेका थिए ।

जितसँगै पाकिस्तानले समूह ए मा तीन अंक जोडेको छ । पहिलो खेलमा हार बेहोरेको नेपालले अब शनिबार दोस्रो खेलमा माल्दिभ्ससँग खेल्ने छ ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर