Aamsanchar

बेलायती राजदूत फेन र स्वास्थ्य मन्त्री राजु खनाल बिच शिष्टाचार भेटवार्ता

Author Image
शुक्रवार, असोज ५, २०८०

देउखुरी । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल र नेपालका लागी बेलायती राजदूत रोब फेन (Rob Fenn) बिच स्वास्थ्य मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका क्रममा बेलायत सरकारले नेपालमा गरिरहेको सहयोग र लुम्बिनी प्रदेशको स्वास्थ्य सेवाको बारेमा छलफल भएको छ । भेटका क्रममा विशेषगरि प्रदेशको पोषण र स्वास्थ्य शिक्षाका बारेमा छलफल भएको छ । भेटमा मन्त्री खनालले सुरक्षीत मातृत्व, नवजात शिशु स्वास्थ्य, पोषणको अवस्था लगायतको सुधारका लागी प्रदेश सरकारले काम गरिरहे पनि अपेक्षित सुधार हुन नसकेको बताउनु भयो । परिवार नियोजनका साधनको प्रयोगदर, नसर्ने रोग र मानसिक स्वास्थ्य पनि प्रदेशमा स्वास्थ्य समस्याको रुपमा रहेको मन्त्री खनालले बताउनु भयो । प्रदेश भित्रका अस्पतालको पूर्वाधार विकास र उपचारमा आवश्यक पर्ने उपकरण सहयोगका बारेमा उहाँहरु बिच छलफल भएको छ । मन्त्री खनालले बेलायतले नेपालमा गरिरहेको सहयोगका लागी धन्यवाद दिदै भेटले दुई पक्षीय सम्बन्धलाई अझ प्रगाढ पार्ने विश्वास व्यक्त गर्नुभयो ।

भेटका क्रममा बेलायती राजदूत रोब फेनले प्रदेश सरकारको शुसाशन र शासकीय प्रणाली, स्वास्थ्य सेवा लगायतका बारेमा चासो राख्नु भएको थियो । राजदूत फेनले नेपालको पूर्वाधार र मानवीय विकासका लागी बेलायत सरकारको सहयोग रहँदै आएको स्मरण गर्दै प्रदेश र स्थानीय सरकारलाई आवश्यक परेको बेला सहयोग गर्न सधैँ तयार रहेको बताउनु भयो । राजदूत फेनले नेपालको स्वास्थ्य सेवा सँगै प्रदेश भित्रको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन आवश्यक सहयोग गर्न बेलायत सरकार तयार रहेको बताउनु भयो । भेटमा स्वास्थ्य सचिव डा. जनार्दन पन्थी, स्वास्थ्य निर्देशक डा. बिनोद गिरी र स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा पुष्पराज पौडेलले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा गरिरहेको काम र भएका प्रगतिको बारेमा जानकारी दिनुभएको थियो । त्यस क्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)