Aamsanchar

गमगढीमा भीषण आगलागी, क्षतिको पूर्ण विवरण आउन बाकी 

Author Image
शनिवार, असोज ६, २०८०

गमगढी । मुगु सदरमुकाम गमगढीमा भीषण आगलागी हुँदा ८ घर जलेर नष्ट भएको छ । शुक्रवार राती १२ बजे भएको आगलागीबाट गमगढी बजारका ८ घरहरू र ती घरहरूमा रहेका ९ वटा पसलका गोदाम जलेका छन् ।

जलेका घरहरू तार्के लामा, सोनाम लामा, ऐडी, सान्तोना खत्री, पन्च सेजुवाल, प्रदीप रावल, पुतली शाही, पद्मराज मल्लको टिनको टहरा, रहेको बताइएको छ । उक्त घरका सटरहरूमा रहेको व्यापारिक मालसामानहरूका साथै घरका अन्य माल सामान गरी करोडौंको क्षेती हुन सक्ने अनुमान गरिएको छ ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना,नगर प्रहरी र स्थानीय बासिन्दाहरू खटिएका छन्। गमगढी खानेपानीको पानी प्रयोग गरि आगो नियन्त्रण गर्ने प्रयास जारी छ ।

आगो के कसरी लाग्यो भन्ने कुराको जानकारी प्राप्त हुन सकेको छैन भने क्षतिको एकिन विवरण आउन बाँकिनै रहेको प्रहरीले बताएको छ । रातिको समयमा आगलागी भएपनि कुनै मानवीय क्षति भने भएको छैन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर