Aamsanchar

दाङमा एक व्यक्तिले खु*कुरी प्रहार गर्दा एक महिलाको मृ*त्यु, एकजना सिकिस्त, एक जना सामान्य घाइते

Author Image
शनिवार, असोज ६, २०८०

दाङ । दाङमा एक व्यक्तिले खुकुरी प्रहार गरी एक महिलाको हत्या गरेका छन्।

आज शनिबार दिउँसो साढे २ बजेतिर तुलसीपुर– ११ बेलटाकुराको भगवती टोलका करिब ३९ वर्षीय टेकबहादुर हमालले सोही ठाउँका तीनजनामाथि छुट्टाछुट्टै ठाउँमा खुकुरी प्रहार गरेका हुन्।

खुकुरी प्रहारबाट करिब ४३ वर्षीया रिता लामिछानेको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीका अनुसार टेकबहादुरले रितालाई उनकै घरअगाडि घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

टेकबहादुरले सोही ठाउँका अन्दाजी ४५ वर्षीय वीरबहादुर हमाल र ६५ वर्षीया कमलाकुमारी हमालमाथि पनि खुकुरी प्रहार गरेका छन्। खुकुरी प्रहारबाट वीरबहादुरको दाहिने हातमा चोट लागेको छ। उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको बताइएको छ।

कमलाकुमारीको अवस्था गम्भीर रहेकाले उनलाई नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ।

खुकुरी प्रहार गर्ने टेकबहादुरलाई प्रहरीले पक्राउ गरेको छ। घरभित्र लुकिछिपी बसेको अवस्थामा उनलाई खुकुरीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनले डिप्रेसनको औषधि सेवन गरिरहेको बुझिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर