Aamsanchar

२०६३ सालमा झुटा विवरण पेस गरी नेपालको नागरिकता लिएको आरोपमा भारतको बिहारका एकजना पक्राउ

Author Image
आइतवार, असोज ७, २०८०

काठमाडौं – नेपालको नागरिकता लिएको आरोपमा एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य पूर्वी चम्पारण–१० खरतरीका ५२ वर्षीय जागा चौधरी भनिने जग्गाप्रसाद जैसवाल रहेका छन् ।

उनले रौतहटबाट २०६३ सालमा नागरिकता बनाउन खटिएको स्थलगत टोलीसमक्ष झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको प्रहरीले जनाएको छ । उनले रौतहटको साविकको सरमुजवा गाविस वडा नम्बर ९ बाट नेपाली नागरिकता लिएका थिए । प्रहरीका अनुसार नेपाली नागरिकताबाटै उनले नेपालका विभिन्न स्थानमा व्यापार व्यवसाय गरिरहेका थिए ।

उनको साथमा भारतीय आधारकार्ड र जग्गाप्रसाद जैयसवालको नामको नेपाली नागरिकताबाट लिएका सवारी चालक अनुमतिपत्रसहितका कागजात फेला परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर