Aamsanchar

२८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय नाबालक पक्राउ

Author Image
सोमवार, असोज ८, २०८०

बझाङ –  बझाङमा २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय नाबालक पक्राउ परेका छन्। छबिसपाथिभेरा गाउँपालिकाकी एक महिलालाई आइतबार दिउँसो ३ बजे जबरजस्ती करणी गरि फरार भएका एक नाबालकलाई पक्राउ गरिएको हो ।

अल्जाइमर भएकी उनलाई जबरजस्ती करणी गरि फरार भएका नाबालकलाई प्रहरीले आइतबार साँझ ६:३० बजे बालुवाटार नजिक पुरानो घरमा लुकेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बुबाको निधन भइसकेको र आमा आइतबार नै डोटी गएका बेला नाबालकले यस्तो घटना घटाएको खुल्न आएको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)