




काठमाडौं – फुटपाथ व्यवसायीले अभियन्ता ईःको समर्थनमा राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरेका छन् ।
सयौंको संख्यामा भेला भएका फुटपाथ व्यवसायीले ईःको समर्थनमा मंगलबार प्रर्दशन गरेका हुन् ।
फुटपाथ व्यवसायी माथि महानगरपालिकाले क्रुरतापूर्ण व्यवहार गरेको, सडकका किनारामा व्यवसाय गर्ने साना व्यवसायीलाई लखेटेको लगायतको विरोधमा अभियन्ता ईः ८ दिनदेखि राष्ट्रिय सभागृह अगाडि उभिइरहेका छन् ।प्रदर्शनमा सहभागी फुटपाथ व्यवसायीहरुले महानगरको विरोधमा नाराबाजी गरिरहेका छन् ।‘गरिब मारा कामनपा, हामीलाई सास फेर्न पनि ठाउँ नदिएर के पाउँछौं?’, गरिब होइन गरिबी हटाउ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन् गरेका हुन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 69