Aamsanchar

झापाका चार पालिकामा भोलि स्थानीय बिदा

Author Image
बुधवार, असोज १०, २०८०

झापा – झापाका चार पालिकाले भोलि बिहीबार स्थानीय बिदा दिने निर्णय गरेको छ । मुस्लिम समुदायको विशेष पर्व हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा जिल्लाका भद्रपुर नगरपालिका, कचनकवल, बाह्रदशी र झापा गाउँपालिकाले बुधबार सूचना निकाल्दै बिहीबार स्थानीय बिदा दिने जानकारी गराएको हो ।

नगर तथा गाउँ कार्यपालिकाको सूचनामा उल्लेख भए बमोजिम कार्यालय तथा पालिका अन्तरगतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरू बन्द रहने जनाएको छ । हजरत मोहम्मद पैगम्बर इस्लाम धर्मका प्रवर्तक हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर