Aamsanchar

पाँच महिना अघि कुवेत पुगेका झापाका खगेन उतै अस्ताए

Author Image
बिहिवार, असोज ११, २०८०

झापा – वैदेशिक रोजगारीका लागि खाडी मुलुक कुवेत गएका झापा कचनकवल गाउँपालिका– ६ स्थित बनियानी निवासी खगेन्द्र राजवंशीको मृत्यु भएको छ ।

गत बुधबार ड्युटीमा खटिएकै बेला राजवंशीको मृत्यु भएको हो । रोजगारीका लागि उनी पाँच महिना अगाडि डेस्टिनी ह्युमन रिसोर्स म्यानपावर कम्पनीमार्फत इलेक्ट्रिसियनका रुपमा कुवेत गएका थिए । अल जजिरा कम्पनीमा कार्यरत रहेका खगेन्द्रको ड्युटीमा खटिएकै बेला मृत्यु भएको आफन्त योगेन्द्र राजवंशीले बताएका छन् ।

ड्युटीमा रहेको बेला पेट दुखेपछि अस्पताल लगिएको र एकछिनमै उनको मृत्यु भएको आफन्त राजवंशीको भनाइ छ । खगेन्द्रलाई जन्डिस रहेको बताइएको छ । उनको शव कुवेतबाट आफन्त योगेन्द्र राजवंशीले बुझेर घरमा ल्याई पुर्‍याएका छन् । खगेन्द्रका श्रीमती र दुई छोरा रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर