Aamsanchar

दाङ : लेनदेनको विषयलाई लिएर एक महिलाले गरिन् माेटरसाइकलमा आगजनी

Author Image
बिहिवार, असोज ११, २०८०

दाङ – जिल्लामा प्रहरीले मोटरसाइकलमा आगजनी गरेको अभियोगमा एक जना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १० सौडिकुला बस्ने ३२ वर्षीया मीना चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उनलाई घोराही १८ पुष्पाञ्जली टोल बस्ने बिराज चौधरीको रा २ प १५९३ नम्बरको मोटरसाइकलमा आगजनी गरेको अभियोगमा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी जनक बहादुर मल्लले जानकारी दिए।

उनका अनुसार लेनदेनको विषयलाई लिएर मीनाले मोटरसाइकलमा आगो लगाएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी, स्थानीय वासी र दमकलको सहयोगमा मोटरसाइकलमा लागेको आगो नियन्त्रणमा लिइएको थियो। आगजनीबाट मोटरसाइकल जलेर नष्ट भएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर