Aamsanchar

हर्ट फाउण्डेसन झापाको अन्तरक्रियामा हृदय रोग बारे डाक्टरको कुरा सुन्दा सबै झस्किए 

Author Image
शुक्रवार, असोज १२, २०८०

बिर्तामोड । हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ । आज नेपालमा पनि विभिन्न स्वास्थ्य तथा सामाजिक संघ संस्थाहरूले मुटु दिवसमा विभिन्न स्वास्थ्य सचेतना कार्यक्रम गरेर मनाएका छन ।

झापाको बिर्तामोडमा पनि आज मुटु दिवस मनाइएको छ ।  दिवसको अवसर पारेर हार्ड फाउन्डेसन झापाको आयोजना र बीएण्डसी अस्पतालको सहजिकरणमा मुटु रोग सम्बन्धी अन्तरक्रिया भएको हो
हर्ट फाउण्डेसन झापाका अध्यक्ष कुमारमणी पोखरेलको अध्यक्षताका अन्तरक्रिया आयोजना भएको हो ।

अन्तरक्रियामा मुटु रोग के हो, के कारणले रोग लाग्छ र रोग लाग्नबाट कसरी बच्ने भन्ने बारेमा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर उमेश यादवले जनचेतना मूलक जानकारीहरू प्रस्तुत गरेका थिए । डाक्टर यादवले भने ‘मुटु, एउटा सानो पम्प जस्तो अङ्ग हाम्रो छातीमा जन्मदेखि मरणसम्म रगतको चाप हरेक धमनी अनि कोशिकाहरूमा पठाइ रहन्छ । मुटु हाम्रो सुस्वास्थ्यको पनि मुटु नै हो । सन् २०१२ मा विश्वभरिका स्वास्थ्य सङ्गठन अनि सरकार प्रमुखहरू मिलेर सन् २०२५ सम्म विश्वभरि नै नसर्ने रोगहरूलाई २५ प्रतिशतले कम गर्ने साझा सहमति गरेका छन् । नसर्ने रोगहरूको कुरा गर्दा हरेक वर्ष करिब २ करोड मान्छेहरू हृदयाघात अनि हृदय सम्बन्धी रोग अनि समस्याहरूले मरिरहेका तथ्याङ्क छ । यस कारणले पनि हृदय रोगलाई नम्बर एक हत्याराको रूपमा लिइन्छ ।’

डाक्टरको कुरा सुनेपछि सहभागीहरु स्वास्थ्य प्रति सचेत बनेर झस्किएका थिए ।  अन्तरक्रियामा डाक्टरहरू समक्ष शिवकुमार कडेल, श्याम प्रसाईं, नविन उप्रेती, कर्ण डाँगी, पत्रकार बिनोद पाण्डेलगायतले जिज्ञासा राखेका थिए ।

सोही अवसरमा पूर्वाञ्चल क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डाक्टर वीरेन्द्रकुमार यादवले सर्वसाधारणहरूको हितको लागि क्यान्सर रोग लागे नलागेको पत्ता लगाउने विधि ( क्यान्सर स्क्रिनिङ) निशुल्क घुम्ती शिविर सञ्चालनको तयारी गरिएको बताए ।

कार्यक्रमको सञ्चालन उषा श्रेष्ठले गरेकी थिइन ।

मुटुमा के कस्ता समस्या आएमा मुटु दुख्ने हुन्छ ?
मुटुको भल्ब थुनियो भने वा सानो भयो भने मुटु दुख्न थाल्छ । विशेषगरी मुटुको धमनीमा ब्लक भयो भने छातिको बिच भागमा बेस्सरी मुटु दुख्ने हुन्छ ।

यस्तो अवस्थामा हिँडडुल गर्दा झनै दुख्ने हुन्छ । त्यस्तै शरीरमा रक्त सञ्चार कमी भयो भने पनि मुटु दुख्ने हुन्छ । एन्जाइना हनुलाई पनि मुटु दुख्ने एक कारण मान्न सकिन्छ ।

छाती गाह्रो भएको महसुस हुनु, छातीमा कसैले च्यापेको जस्तो लाग्नु, छाती पोल्ने छाती चिलाउनु लगायतका सबै लक्षण एन्जाइनामा पर्छन् । जसको कारण मुटु दुख्न थाल्छ । तसर्थ मुटु दुख्ने कारण मुख्य गरी मुटु रोग नै हुन सक्छन् ।

वंशाणुगत इतिहास भएको कारणले, अत्याधिक मोटोपन, शारीरिक रुपमा कम सक्रिय, अत्याधिक कोलस्ट्रोल, अत्याधिक ब्लडप्रेसर, धूम्रपान सेवन, लागू पर्दाथको सेवन, मधुमेहका रोगी हुनु लगायतका कारणले मुटुरोग हुन सक्ने अधिकतम सम्भावना हुन्छ ।

मुटु रोगको लक्षण
घाँटी दुख्नु,

टन्सिल हुन

देब्रे छाती दुख्नु

श्वासप्रश्वासमा समस्या आउनु

मुटुको चाल बढ्नु

रिङ्गटा लाग्नु, बेहोस हुनु

छाती दुखेसँगै खलखल पसिना आउनु

वाकवाकी लाग्नु, वान्ता आउनु

जिब्रो लरबरिनु हात झम्झमाउनु आदि ।

रोकथामको उपाय
धूम्रपान साथै सुर्तिजन्य पदार्थको सेवन नगर्ने , नियमित शारीरिक व्यायाम गर्ने, सागसब्जी र फलफूल बढी सेवन गर्ने, मासु, चिल्लो, बोसोयुक्त खानेकुरा, जंक फुड कम गर्ने, मानसिक तनाव कम गर्ने, तौल ठीक राख्ने, मोटोपन बढ्न नदिने, नियमित रूपमा चिकित्सकसँग परीक्षण गराई आवश्यक सल्लाह लिने गरेमा मुटु रोगबाट सजिलै बच्न सकिन्छ ।

मुटुका केही रोगहरू जस्तै उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, मधुमेह आदिको कारणले हुन सक्ने हुँदा बेलाबेलामा स्वास्थ्य परीक्षण गर्नुपर्छ । मुटु रोगको प्रारम्भिक अवस्थामा उपचार गरे जोखिम कम हुन्छ । तर रोग छिप्पिँदै गए उपचार कठिन हुनुका साथै उपचार पनि धेरै महँगो हुन्छ ।

खानपानमा सन्तुलन मिलाउन सके, नियमित अभ्यास गरे र समय समयमा स्वास्थ्य जाँच गराए मुटु रोग लाग्नबाट बच्न सकिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर