Aamsanchar

नेपाली क्रिकेट टोलीले राखेको विश्व कीर्तिमानको प्रशंसा गर्दै पूर्वराजाद्वारा खुसी व्यक्त

Author Image
शनिवार, असोज १३, २०८०

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली क्रिकेट टोलीले राखेको विश्व कीर्तिमानको प्रशंसा गर्दै खुसी व्यक्त गरेका छन् ।

चीनको हाङझाउमा भएको १९औँ एसियाली खेलकुदमा नेपालले मंगोलियासँग खेलेको टी–२० क्रिकेटमा राखेको विश्व कीर्तिमानले अत्यन्तै खुसी तुल्याएको उनले बताएका छन् ।

“देशको राष्ट्रिय पहिचानले अनेकौं चुनौतीहरुको सामना गरिरहनु परेको समयमा क्रिकेट खेलाडीहरुले अनेकौं प्रतिकूलताका बाबजुद जुन सफलता हासिल गरेका छन् । यसले नेपालको राष्ट्रिय गौरव बढाएको छ भन्ने हामीले महसुस गरेका छौँ,” उनले भनेका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर