Aamsanchar

वास्तवमा नेपाली समाज देखेपछि घिन लागेर आउँछ : दुर्गा प्रसाई

Author Image
आइतवार, असोज १४, २०८०

कार्यक्रम उद्घाटनमा सरिक प्रमुख अतिथि दुर्गा प्रसाई । साथमा दाया तर्फबाट क्रमस : अतिथि सुजु बुढाथोकी, अध्यक्ष केशव भण्डारी, सल्लाहकार जयनारायण ढुङ्गाना । त्यसैगरी बाया तर्फ क्रमस : अञ्जना ढुङ्गाना र इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सुरज कार्की । 

बिर्तामोड । नागरिक समाजका अभियन्ता, समाजसेवी दुर्गा प्रसाईँले नेपालीहरूको आत्मा मरेको छ, तपाईँहरू जिउँदो लास हो भन्दा कार्यक्रममा सहभागीहरूले प्रसाईँको भनाइलाई स्वीकार गर्दै ताली बजाएर भनाई प्रति समर्थन जनाएका छन् ।

आज युवा नागरिक समाज झापाको प्रथम वार्षिकोत्सव तथा साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने क्रममा प्रसाईँले यस्तो कुरा भनेका हुन ।

प्रसाईँले सम्बोधनको क्रममा राष्ट्रिय राजनीति र वर्तमान विषयहरूमा तिखो प्रतिक्रिया व्यक्त गरेका छन् । उनले माथि भनेको भनाई  सभामा उपस्थितहरूमा लक्षित गरेर भनेका थिए । तपाईँहरू देखे पछि घिन लागेर आउछ, यहाँ मान्छेले मान्छेलाई चिनेनन्, देश टाट पल्टियो देश बचाउने मान्छे भनेको ढाका टोपी खोलेर भन्छु  म दुर्गा प्रसाईँ हो ।’ दलका नेता भ्रष्ट भएकाले आज देशको  यो अवस्था भएको हो । यो अवस्था ल्याउन नेपाली जनताले भ्रष्ट नेताहरूलाई दिएको भोटकै कारण यस्तो हुन पुगेको हो । अब नेपाली जनताले विचार र सोचलाई परिवर्तन गर्नु पर्ने भन्ने आसयमा नेपाली समाज देखेपछि घिन लागेर आउने भन्ने अभिव्यक्ति दिएका हुन । उनले आफ्नो अभियानमा साथ दिन देशलाई सही बाटोमा डोर्याउन आफूले मात्र सक्ने दावी गरेका छन् ।

उनले ऋण तिर्न नसकेर अभियान चलाएको भन्ने विषय  सन्दर्भमा भने ‘ म सँग ५ देखि ७ हजार करोड सम्पत्ति होला, मलाई सम्पत्तिको आवश्यकता छैन, छोरा छोरी डाक्टर छन्, नाति पढाउने आफ्नै स्कुल छ मलाई किन पैसा चाईयो, मेरो काठमाडौंको १०० रोपनी जग्गा बेचे भने ५ सय करोड ऋण तत्कालै तिर्न सक्छु ।’

कार्यक्रमका प्रमुख अतिथि दुर्गा प्रसाई ।

विगतका दिनमा नेकपा माओवादीका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीको एकदमै निकटतम व्यक्ति रहेको बताउने प्रसाईँले आज भने केपी ओलीको नियत र कार्यशैली बिल्कुलै ठिक नलागेको आरोप लगाएका छन् । ‘कचनकवलमा तीनजना चेलीले आत्महत्या गरे, त्यो वेला म दुबइमा थिए, समाचार पढे त्यसपछि म कचनकवल गएर परिवारको अवस्था बुझे दुख लाग्यो । घटनाको कारण रहेछ सहकारी र लघुवित्तको चर्को व्याज अनि ऋण, त्यसमाथि धम्कीपूर्ण तागता । त्यस पछि यो समस्या हलगर्नु पर्छ भनेर मेरा हजुरबुवा, एमाले अध्यक्ष ओलीलाई भेट्न वालकोट पुगेर घटनाको बारेमा वेली विस्तार लगाए, ओली मोबाइल मात्र हेरी रहे, लामो कुरा राख्दा पनि कुनै प्रतिक्रिया नदिए पछि नियालेर हेरेको त ओली त मोबाइलमापब्जी पो खेली रहेका रहेछन् । त्यसैदिन म त लगत मान्छेको पछाडि लागिरहेको रहेछ भन्ने लाग्यो र म स्वतन्त्र भए ।

प्रसाईँले आक्रोश पोख्दै आफ्नो सम्बोधनलाई निरन्तरता दिदै भने ‘ओली, प्रचण्ड र शेरबहादुर देशको सबैभन्दा भ्रष्टाचारी हुन, यिनीहरूको कसैको सुनको, कसैको चाँदीको, कसैको किट र माटोको भाँडा छ पाक्ने भनेको भष्ट्राचार नै हो । ओलीले दलाललाई खुशी बनाउन दमकमा भ्युटावर बनाउन राज्यको पैसा लगानी गरे ।’

युवा नागरिक समाजका अध्यक्ष केशव भण्डारी ।

समाजलाई भ्रष्टाचार मुक्त र सुसाशन युक्त बनाउने उद्देश्यका साथ झापाको बिर्तामोडमा स्थापन भएको यूवा नागरिक समाजको प्रथम वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न भएको छ ।
आज (आइतबार)  विर्तामोड –२ स्थित जय ड्रिमल्याण्ड पार्कमा सभा सम्पन्न भएको हो ।
समाजका अध्यक्ष केशव भण्डारीको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन सत्रमा नागरिक अभियानका अगुवा दुर्गा प्रसाईँको प्रमुख आतिथ्यता रहेको थियो ।

यूवाहरुको चाहना, सुशासनयुक्त नगरको परिकल्पना भन्ने नारा अघि सारेर विभिन्न सचेतनामूलक तथा खबरदारी अभियानमा सक्रिय रहँदै आएको संस्थाको पहिलो साधारणसभा उपस्थितको संख्या उल्लेखनीय रहेको थियो ।

कार्यक्रममा सहभागी ।

समाजले स्थापनाको पहिलो वर्ष बिर्तामोड नगरपालिकाले स्थानीय सरकारको चरम दुरुपयोग गर्दै कुनै अमुख प्राइभेट कम्पनीमा जनताको करमार्फत उठेको पैसा लगानी गर्ने निर्णय विरुद्ध खरो खबरदारी, मेची प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणमा भएको कमजोरी विरुद्ध सशक्त खबरदारी, बिर्तामोड नगरपालिकामा नातावाद र कृपावाद आधारमा नगर प्रहरीहरूले गरेको आर्थिक चलखेल विरुद्ध लिखित उजुरीको आधारमा छानविन गर्दा प्रहरीले गलत देखिए पछि दोषी उपर कारवाही  स्वरुप निलम्बन गराउन बाध्य पारिएको, बिर्तामोड नगर अस्पतालमा देखिएको लापरबाहीको पटक पटक खबरदारी गरेको, भद्रपुर नगर समितिको आयोजनामा हप्ताको शनिबारलाई श्रमबार घोषणा गरेर सचेतना कार्यक्रमहरू गर्दै आएको, हलुवागढ सामुदायिक वन समितिमा देखिएको चरम लापरबाही र भ्रष्ट्राचारको भण्डाफोर गरेर करोडौं मूल्यको सखुवा काठहरू सडिएर जाने अवस्थाबाट जोगाएका लगायत १० वटा जनदवाव तथा खबरदारी कार्यक्रम गरिएको अध्यक्ष केशव भण्डारीले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा विशेष अतिथि डा। लक्ष्मी मैनाली, जयनारायण ढुङ्गाना, सुजु बुढाथोकी लगायतले मन्तव्य राखेका थिए ।

कविता ओलीले स्वागत गरेकी थिइन भने रिना ओडारीले कार्यक्रम सञ्चालन गरेकी थिइन । उद्घाटन समारोहमा  झापाली नव गायक भक्त विश्वासले स्वदेशगान गायका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर