Aamsanchar

नेपालसँग खेल्ने भारतीय कृकेट टोली यस्तो छ

Author Image
सोमवार, असोज १५, २०८०

काठमाडौं –नेपालले १९ औं एसियाली खेलकुद (एसियाड)को पहिलो क्वाटरफाइनल खेलमा भारतसँग खेल्ने भएको छ । नेपाल र भारतबीचको खेल मंगलबार बिहान ६:४५ मा सुरु हुनेछ ।

भारत एकदिवसीय विश्वकपको कारण एसियाडमा दोस्रो रोजाईको टोली पठाएको छ । सबै टेस्ट टोलीले विश्वकपको कारण दोस्रो रोजाईको टोली नै पठाएका छन् ।

भारतीय टोलीमा इन्डियन प्रिमियर लिग ९आइपिएल० मा सानदार प्रदर्शन गर्दै आएका खेलाडी छन् । भारतको यस टोलीलाई २०२४ को विश्वकप खेल्ने खेलाडीको रुपमा हेरिएको छ ।

भारतबाट लगातार टि२० आई टोलीमा खेल्दै आएका डेथ ओभर स्पेलिष्ट अर्शदीप सिंह टोलीमा छन् । उनले ३३ टि२० आईमा ५० विकेट लिएका छन् । भारतीय ब्याटिङका भविष्य मानिएका रिंकु सिंह, युवा ओपनर यशस्वी जैसवाल, राहुल त्रिपाठी, तिलक बर्मा, जितेश शर्मा र शिबम दुबे पनि टोलीमा छन् ।

जैसवाल भारतको एकदिवसीय विश्वकप दाबेदार खेलाडी थिए । तर ईशान किशन र शुभमन गिलले लगातार राम्रो प्रदर्शन गरेपछि टोलीमा स्थान बनाउन सकेनन् ।

बायाँ हाते विष्फोटक ओपनर जैसवालले २ टेस्ट र पाँच टि२० आई खेल खेलेका छन् । गत अगष्टमा वेस्टइन्डिजविरुद्ध जैसवालले ५१ बलमा ८४ रनको इनिङ खेलेका थिए । टेस्टमा डेब्यूमै वेस्टइन्डिजविरुद्ध १ सय ७१ रन बनाएका थिए ।

जैसवाल भारतीय ओपनरका भविष्य हुन् । राजस्थान रोयल्सबाट आइपिएल खेल्दै सानदार प्रदर्शन गर्दै आएका छन् । आइपिएल इतिहासकै सर्वाधिक छिटो गतवर्ष उनले १३ बलमै कोलकाताविरुद्ध अर्धशतक हानेका थिए । उमेर समूह र घरेलु क्रिकेट हुँदै भारतीय टोलीमा स्थान बनाएका जैसवाल नेपालविरुद्ध खेल्ने एक स्टार खेलाडी हुन् ।

आइपिएलमा कोलकाताबाट गुजरातविरुद्ध लगातार पाँच छक्का हान्दै खेल जिताएका रिंकु सिंह पनि टोलीमा छन् । रिंकु भारतीय ब्याटिङमा फिनिसरको रुपमा खेली सकेका छन् । रिंकुले भारतबाट दुई टि२० आई खेलेका छन् ।

शिबम दुबे अर्का विष्फोटक ब्याटर हुन् । दुबेलाई भारतीय क्रिकेटमा युवराज सिंहसँग पनि तुलना गर्ने गरिन्छ । उनी विष्फोटक ब्याटिङका लागि चिनिन्छन् । यस सिजनको आइपिएल चेन्नई सुपर किंग्सलाई जिताउन दुबेको प्रदर्शन निकै महत्वपूर्ण थियो ।

दुबे ठूला सर्टसँगै तीव्र गतिमा बलिङ गर्ने गर्दछन् । दुबेले भारतीय टोलीमा १ ओडिआई र १५ टि२० आई खेलि सकेका छन् ।

भारतीय टोलीबाट पाँच टि२० आई खेलेका शीर्षक्रमका राहुल त्रिपाठी पनि टोलीमा छन् । आइपिएलमा त्रिपाठीले सानदार प्रदर्शन गर्दै आएका छन् ।

टि२० आई टोलीमा नियमित खेल्दै आएका स्पिनर रवि विश्रोई पनि छन् । लेग स्पिनर विश्रोई र अलराउन्डर तिलक बर्मा पनि छन् । बर्मा स्पिन अलराउन्डर हुन् । बर्माले भारतीय टोलीबाट १ ओडिआई र ७ टि२० आई खेलेका छन् ।

भारतीय टोलीमा परि सकेका पन्जाबका विकेटकिपर जितेश शर्मा, आइपिएलका शतकधारी प्रशभशिम्रन सिंह, अलराउन्डर वान्सिन्टन सुन्दर, शाहबाज अहमद तीव्र गतिका बलर आवेश खान र मुकेश कुमार भारतीय टोलीमा छन् ।

भारतको कप्तानी ऋतुराज गायकवाडले गर्नेछन् । चेन्नई सुपर किंग्सबाट ओपनिङ गर्दै धोनीको कप्तानीमा गायकवाडले दमदार प्रदर्शन गर्दै आएका छन् । गायकवाडसँग ४ ओडिआई र ११ टि२० आईको अनुभव छ । एसियाड टोलीमा रहेका आकाश दीप, प्रभशिम्रन सिंह र जितेश शर्मा बाहेक अन्य सबैले भारतीय टोलीबाट खेलेका छन् ।

स्पिन अलरान्डर वासिन्टन सुन्दरले भारतबाट ४ टेस्ट, १८ ओडिआई र ३७ टि२० आई खेल खेलेका छन् । सुन्दरसँग भारतीय टोलीको राम्रो अनुभव छ ।

एसियाडमा भारत सबैभन्दा मजबुत टोली समेत हो । उपाधिको प्रमुख दाबेदार भारतीय टोलीमा अधिकाम्स २०२४ को विश्वकपका खेल्ने दाबेदार खेलाडी छन् । लगातार घरेलु क्रिकेट, उमेर समूह, ए, बी र सी अन्तर्राष्ट्रिय भ्रमण, आइपिएल र भारतीय टोलीको अनुभवले गर्दा टोली मजबुत देखिन्छ । नेपालको असली परिक्षा हुनेछ ।

भारतको टोली :

ऋतुराज गायकवाड (कप्तानं), यशस्वी जैसवाल, राहुल त्रिपाठी, तिलक बर्मा, रिंकु सिंह, जितेश शर्मा, वासिन्टन सुन्दर, शाहवाज अहमद, रवि विश्रोई, आवेश खान, अर्शदीप सिंह, मुकेश कुमार, शिभम माभी, शिवम दुबे र प्रभशिम्रन सिंह ।

वैकल्पिक खेलाडी – यश ठाकुर, साई किशोर, वेंकटेश ऐर, दीपक हुडा र साई सुदर्शन ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर