Aamsanchar

बिर्तामोडमा ३० जना विद्यार्थी चार्टर्ड एकाउन्टेन्ट ( सिए ) अध्ययन गर्दै 

Author Image
सोमवार, असोज १५, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित पिके फाइनान्सियल एकेडेमी प्रा.लि. ले चार्टर्ड एकाउटेन्ट अध्यापन गराउँदै आएको छ । पिकेले बिर्तामोडमा चार्टर्ड एकाउन्टेन्ट ( सिए ) र एशोसियसन अफ चार्टर्ड सर्टिफाइट एकाउन्टेन्ट  (एसीसीए ) सम्बन्धी विद्यार्थीहरूलाई अध्यापन गराउँदै आएको छ ।

एकेडेमीमा अध्ययन गर्ने विद्यार्थीले वित्तिय परिक्षण, अनुसन्धान, लेखा आउटसोर्सिङ प्रत्यक्ष तथा अप्रत्यक्ष कर, स्थिर सम्पत्ति प्रमाणीकरण विदेशी विनिमय व्यवस्थापन कार्य साथै अन्य वित्तिय व्यवस्थापन कार्यहरू गर्न सक्ने आज  सोमबार बिर्तामोडमा पत्रकार भेटघाट गरि जानकारी गराइएको हो ।

दुई वर्ष अघि स्थापना भएको एकेडेमीले एक वर्ष अघिदेखि विद्यार्थीहरूलाई अध्ययन गराउन थालेको प्रालिका अध्यक्ष गंगाराम बस्नेतले जानकारी दिए । उनका अनुसार एसीसीए कोर्ष अन्तरगत तीनवटा समूहमा अध्ययन गराएर १३ वटा विषय मध्ये ४ वटा विषय ३० जना विद्यार्थीले पास गरेका छन् ।

एकेडेमीले नयाँ विद्यार्थीलाई दशैँ अघि अभिमुखीकरण शिक्षा दिएर दशैँ सकिना साथ कक्षा सञ्चालन गर्ने बताइएको छ ।

प्रालिका प्रबन्धक निर्देशक प्रज्ज्वल अधिकारीले उक्त एकेडेमीमा अध्ययन गर्ने विद्यार्थीले विश्वका १ सय ८१ वटा देशमा गएर एसीसीए विषय सम्बन्धी अध्ययन गर्न पाउने अनुमति आइक्यानले प्रदान गरेको बताए । पिके एकेडेमी बिर्तामोडमा सञ्चालनसँगै सिए तथा एसीसीए अध्ययनका लागि विदेश तथा काठमाडौं जानुपर्ने विद्यार्थीको लागि झन्झटिलो प्रक्रिया कम हुँदै गएको प्रबन्धक निर्देशक अधिकारीले बताए ।

पिके एकेडेमी पूर्वी नेपालमा दक्ष जनशक्ति उत्पादन गर्न चार्टर्ड  एकाउन्टेन्टहरू मिलेर सञ्चालन गरेको शैक्षिक संस्था भएको अध्यक्ष बस्नेतले बताए ।  संस्थाको मुख्य उद्देश्य  एसीसीएको क्षेत्रमा आफ्नो भविष्य निर्माण गर्ने विद्यार्थीहरूको लागि पायक पर्ने स्थान बिर्तामोडमा सेवा प्रदान गर्दै आएको छ ।

संस्थाले मान्यता प्राप्त लेखा व्यवसायी उत्पादन गर्नुका साथै जागिर गर्न मान्यता प्राप्त डिग्री प्राप्त गर्ने प्रबन्ध निर्देशक अधिकारीले बताए ।

एसीसीए विषय विद्यार्थीले ४ वर्षमा पुरा गरिसक्ने र विषय अध्ययनका लागि करिव ६ देखि ७ लाख रुपैयाँ खर्च लाग्ने उक्त एकेडेमीका अध्यक्ष बस्नेतले बताए । उक्त एकेडेमीमा  अध्ययनरत विद्यार्थी सागर ढुङ्गानाले  इन्टर्नसिप वापत मासिक १० हजार रुपैयाँसम्म कमाई गरिरहेको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर