Aamsanchar

सुनौलीबजारबाट सल्लीबजार जाँदै गरेको अटो दुर्घटना

Author Image
बुधवार, असोज १७, २०८०

सल्यान – सल्यानमा अटो दुर्घटना हुँदा चारजना घाइते भएका छन्। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–६ सुनौलीबजारबाट सल्लीबजार जाँदै गरेको ०२००१ ह १११५ नम्बरको अटो सल्ली रुकुम चौरजहारी सडकखण्डको बयलडाँडी नजिकै दुर्घटना भएको हो।

दुर्घटना परी बनगाड कुपिण्डे नगरपालिकाका ३६ वर्षीय खलबहादुर बुढा, ४७ वर्षीय ग्रिम रोका, राउचेका ५० वर्षीय शिवलाल साहु र ६१ वर्षीय मुने साहु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

घाइते चालक बाहेक अन्य तीनजनाको थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर