Aamsanchar

आजकाे माैसम

Author Image
शुक्रवार, असोज १९, २०८०

काठमाण्डाै – आज कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेकाे छ । यी प्रदेशका केही ठाउँमा अहिले पनि हल्का वर्षा भइरहेको माैसमविद्ले बताएका छन् ।

तत्काल ठूलो वर्षाको सम्भावना नरहे पनि देशका धेरै ठाउँको मौसम अहिले आंशिदेखि सामान्य बदली रहेकाे मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

उहाँका अनुसार भारतको पश्चिम बङ्गाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको असर नेपालमा अझै रहेको छ। यही प्रणालीका कारण मनसुन बाहिरिन ढिलाइ भइरहेको र केही ठाउँमा अझै हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको उहाँले बताउनु भयाे ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा यो प्रणालीको असर कम छ । तर, अन्य प्रदेशमा भने असर रहिरहेकाले ती प्रदेशमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर