Aamsanchar

कनकाईका रोशनलाई बचाउन समिति गठन 

Author Image
शुक्रवार, असोज १९, २०८०

चारपाने । झापाको कनकाई नगरपालिका वडा नम्बर ८ लक्ष्मीपुरका स्थायी बासिन्दा रोशन दर्जी (दमाइ ) को उपचारका लागि सहयोग रकम जुटाउन ‘रोशन दर्जी बचाउँ अभियान’ समिति गठन भएको छ ।
कनकाई ८ का वडाध्यक्ष लिलाबहादुर कटुवालको अध्यक्षतामा ७ सदस्यीय समिति गठन भएको हो ।
समितिको सचिवमा बलभद्र ढुङ्गेल, कोषाध्यक्ष रीता उप्रेती, सदस्यहरूमा चेता राई, भक्तबहादुर विष्ट, कविता बिक र मानबहादुर दमाइ रहेका छन् ।

बाथरोगले दुवै खुट्टा कुँजिन पुगेका अतिविपन्न गर्वका २८ वर्षे रोशन विगत १० महिना देखि ओछ्यानमा थलिएका छन् ।   परिवारको एक मात्र भरोसाको केन्द्र रहेका रोशन बिरामी पर्नु अघि ट्रयाक्टर चालक थिए ।  दैनिक मजदुरी बाट चलेको उनको परिवार, रोशन ओछ्‌यान परेपछि अहिले जीवन धान्न नै धौधौ को अवस्थामा रहेको छ उनको परिवार ।

रोगी  बुवा–आमा, श्रीमती  र एक छोरीका      साथ दुख भित्र सुख खोज्दै आएका रोशनको जीवनमा सुख फेला नै परेन । रोगले दिने दुःख त्यसमाथि खाने अन्न समेत नभएर भोकभोकै छटपटाउने अवस्थामा छ रोशनको परिवार ।

धनी, गरिब मिलेर बनेको हुन्छ समाज । छरछिमेकमा कसैलाई साह्रोगाह्रो परो भने सहयोग गर्न सकियो  भनेमात्र समाजको अर्थ हुन्छ । आफ्नो तर्फबाट र मनकारी सहयोगी दाताहरूको आर्थिक सहयोगबाट रोशनको उपचार गर्न सकिने आशावादी बनेर ‘रोशन दर्जी बचाउ अभियान समिति’ गठन गरिएको अभियानका अध्यक्ष कटुवालले आमसंचारलाई बताए । उनले भने ‘हामीले बैठक बसेर अभियानको नाममा बैंक खाता खोलाएका छौं । भूगोलका हिसाबले टाढा रहनु भएका, तन र मनले नेपाल अनि नेपाली दीनदुखी हरूलाई साथ दिने देवता रूपी व्यक्तिहरूबाट सहयोग प्राप्त हुनेमा समिति आशावादी रहेको छ ।’

रोशन दर्जीको उपचारर्थ आर्थिक सहयोग समितिले प्राइम कमर्सियल बैंकमा ‘रोशन दमाइ बचाउ अभियान समिति’ नाम उल्लेख भएको बैंक खाता खोलेको छ ।

खाता बाहकको नाम – Roshan Damai Bachau Abhiyan Samiti
खाता नम्बर – 10601000000026200132

वडाध्यक्ष लिलाबहादुर कटुवाल र पीडितका बुवा मानबहादुर दर्जीको संयुक्त हस्ताक्षरमा मात्र खाता सञ्चालन हुने गरि बैक खाता खोलिएको छ । दाताहरूले दिएको सहयोग रकम दुरुपयोग नहोस् भनेर आफ्नो हस्ताक्षर अनिवार्य गरेको वडाध्यक्ष कटुवालले बताए ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
5
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)