Aamsanchar

दोस्रो एकता स्पोर्टिङ गोल्डकपको तयारी अन्तिम

Author Image
शुक्रवार, असोज १९, २०८०

घाँस काट्ने र लेवलिङको काम भए पछिको खेल मैदान । 

चारपाने । जिल्ला स्तरीय खुला दोस्रो एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।  मैदान व्यवस्थापन, स्वागत द्वार निर्माणको काम सम्पन्न भएको छ भने मञ्च निर्माणको तयारी गरिएको आयोजक समितिले जनाएको छ ।

प्रतियोगितालाई भव्य र सभ्य बनाउन आयोजक एकता स्पोर्टिङ क्लबका पदाधिकारी सदस्यहरू जिम्बेवारी अनुसारको कामलाई रचनात्मक सम्पादन कार्यमा लागि रहेको क्लबका अध्यक्ष किरण पौडेलले आमसंचारलाई बताए ।

आँउदो असोज २५ गते देखि झापाको बिर्तामोड –२ बेलडाँगीमा फिफाको नियम अनुसार सुरुहुने जिल्ला स्तरीय फुटबल प्रतियोगितामा जिल्लाका विभिन्न क्षेत्रका गरि ८ वटा क्लबहरू सहभागीजनाउने छन् ।
प्रतियोगितामा झापा ११, बाहुनडाँगी एफसी, बुट्टाबारी युनाइटेड, झापा एफसी राजगढ, सैनिक एफसी, नव प्रतिभा युवा क्लव, ब्रदर्श युनाइटेड र आयोजक एकता स्पोर्टिङ क्लबको तर्फबाट खेलाडीहरूको सहभागिता रहने आयोजक एकता सपोर्टिङ क्लब सचिवालय सदस्य माधव खरेलले  जानकारी दिए ।

खेल ९–९ जना खेलाडी बिच हुने छ । जसमा परिवर्तन हुने खेलाडीसहित जम्मा खेलाडी संख्या १४ जना, १–१ जना कोच र टिम मेनेजर रहन सक्ने छन् ।
असोज २५ गते सुरु भएको प्रतियोगिता कार्तिक ३ गते समापन ( फाइनल ) हुने छ ।

प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ११ हजार १११, दोस्रो पुरस्कार राशि ५५ हजार ५ सय ५५ रहेको छ । त्यसैगरी प्रत्येक खेलमा मेनअफद म्याच खेलाडीलाई नगद १ हजार, फाइनल खेलमा उत्कृष्ट सात विधाहरु गोल किपर, डिफेन्स, मिडफिल्डर, फरवाड, कोचर, हाइस्कोर र उत्कृष्ट खेलाडीलाई जनही २ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

२०७४ सालमा स्थापना भएको एकता स्पोर्टिङ क्लबले गुणात्मक र संख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरुदण्ड भएका ले युवाहरूको सर्वाङीण विकास गरि उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउन जरुरी रहन्छ भन्ने उद्देश्यलाई आत्मसाथ गर्दै वीरअमर सिंह माध्यमिक विद्यालयको खेल मैदानमा दक्ष कोचको व्यवस्था गरि १६ वर्ष मुनिका १ सय भन्दा बढी बालबालिकाहरूलाई निशुल्क खेलकुदको तालिम प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर