Aamsanchar

झापा : अन्डरवेयर र मलद्वारभित्र लुकाएर लागु औषध ल्याउने दुई जना पक्राउ

Author Image
सोमवार, असोज २२, २०८०

झापा – लागु औषध ब्राउन सुगर र खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । भद्रपुर र मेचीनगरबाट  दुई जना पक्राउ परेका हुन्।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका- ५ स्थित मेची पुलबाट ब्राउन सुगरसहित बिर्तामोड नगरपालिका-३ निवासी १९ वर्षीय अनुज राजवंशी पक्राउ परेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको मे १० प २७१५ नम्बरको मोटरसाइकलमा सवार राजवंशीलाई मेची पुलमा खटिएका सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले रोकेर चेकजाँच गरेका थिए । प्रहरीले उनको शरीर चेकजाँच गर्दा अन्डरवेयरभित्र लुकाएर ल्याएको १ ग्राम २३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो । उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी कार्यालय झापामा राखिएको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर- ६ स्थित मेची पुल नजिकैबाट इलाम नगरपालिका-९ गोलबस्ती निवासी १८ वर्षीय रोहण खवासलाई खैरो हेरोइनसहित पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको खवासलाई शंका लागी प्रहरीले चेकजाँच गर्दा मलद्वारभित्र लुकाएर ल्याएको ४ ग्राम ५०० मिलिग्राम खैरो हेरोइन बरामद गरेको थियो । उनलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर