Aamsanchar

झापामा चिल्ड्रेन पार्ककाे फाउन्टेनमा डुबेर एक बालकको मृ*त्यु

Author Image
सोमवार, असोज २२, २०८०

झापा- गौरादह नगरपालिका –२ स्थित लायन्स चिल्ड्रेन पार्कको फाउन्टेनमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह –१ का अन्दाजी १४ वर्षीय सत्यम राई रहेको प्रहरीले जनाएको छ ।

पाँचजना साथीसँग खेल्ने क्रममा सत्यम फाउन्टेनमा डुबेको प्रहरीले जनाएको छ । सोमवार बिहान ८.३० बजेको समयमा गौरादह नगरपालिका –१ का लोकबहादुर पौडेलले सानैदेखि पालनपोषण गरी धर्मपुत्र बनाई राखेको बिजेन्द्र राईका छोरा सत्यम राई मृत अवस्थामा फेला परेका हुन् ।

स्थानीयले बिहान ८.४० बजे इलाका प्रहरी कार्यालय गौरादहमा जानकारी गराएपछि प्रहरी टोली खटिएको थियो । बालकको शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको दमक प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर