Aamsanchar

१०५ डिग्री सेल्सियस तापक्रमसम्म आगो नलाग्ने राठी फायर-एक्स जेडएचएफआर केवल बजारमा

Author Image
मङ्गलवार, असोज २३, २०८०

झापा । राठी ग्रुपअन्तर्गतको अन्नपूर्ण केवल्सले राठी फायर एक्स जेडएचएफआर केवल बजारमा ल्याएको छ । वायरिङको सम्पूर्ण समस्याहरुको समाधानका लागि यो केवल बजारमा आएको कम्पनीको भनाइ छ ।

‘यो तार सिलिकन रबर, पोलियुराथिनबाट बनेको हुन्छ, जसले गर्दा यो तारमा १०५ डिग्री सेल्सियस तापक्रमसम्म आगो लाग्दैन’ कम्पनीले विज्ञप्तिमार्फत भनेको छ । यो तार मुसाले पनि नकाट्ने र दशकौंसम्म टिक्ने कम्पनीको दाबी छ । ‘यो तार संसारमै आधुनिक प्रविधिमार्फत भर्खर आएको केवल हो’ विज्ञप्तिमा भनिएको छ ‘धेरै तापक्रम हुने क्षेत्रहरु सिनेमा हल, फ्याक्ट्री, सुपरमार्केटमा ढुक्क भएर प्रयोग गर्न सकिन्छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजकाे माैसम
शुक्रवार, मंसिर १५, २०८०