Aamsanchar

सशस्त्र प्रहरीले नष्ट गर्याे माछा र लाेकल कुखुरा

Author Image
मङ्गलवार, असोज २३, २०८०

झापा- सशस्त्र प्रहरी सहायक निरीक्षक सिकेन्द्रप्रसाद कुँवर नेतृत्वको मोबाइल गस्ती टोलीले मंगलबार अपराह्न ४ बजे कनकाई नगरपालिका–७स्थित दुर्गापुर चौकबाट बरामद गरेको हो ।

मे९प ३६०७ र मे४प ४६५० नम्बरको दुई वटा मोटरसाइकलमा लोड गरी ल्याउँदै गरेको अवस्थामा प्रसनि कुँवर नेतृत्वको मोबाइल गस्ती टोलीलाई देखेपछि चालकहरू भने फरार भएको बेसका प्रमुख प्रहरी नायव उपरीक्षक राजेश्वरप्रसाद शाहले जानकारी दिए ।

बरामद गरिएका माछाको अनुमानित बजार मूल्य ३६ हजार रुपैयाँ र लोकल कुखुराको अनुमानित बजार मूल्य ३४ हजार आठ सय रुपैयाँ रहेको बताइएको छ ।

उक्त माछा र लोकल कुखुरा पशु क्वारेनटाइन कार्यालय काँकडभिट्टाका प्रमुख मुकेशकुमार सिंह, शनिश्चरे प्रहरी चौकीका प्रहरी हवल्दार कमल अर्याल, नेपाल पत्रकार महासंघ झापाका सदस्य अमित खम्बु, स्थानीय बुद्धिलाल राजवंशीको उपस्थितिमा अर्जुनधारा–६ स्थित बेस परिसरमा नष्ट गरिएको हो । यता नियन्त्रणमा लिइएको दुवै मोटरसाइकललाई सम्बन्धित निकायमा अनुसन्धानका लागि पठाइने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर