Aamsanchar

काँकडभिट्टा नाकामा सुरक्षा कडाइ, तालिम प्राप्त पारूँ र पिंकु पनि अनुसन्धान कार्यमा

Author Image
बुधवार, असोज २४, २०८०

काँकडभिट्टा । पूर्वी नाका काँकडभिट्टामा प्रहरीले सुरक्षा निगरानी बढाएको छ । प्रहरीले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित  काँकडभिट्टामा ‘डग स्निफिङ’ शुरु गरिएको छ । बुधबार बिहान साढे ९ बजेदेखि मेचीनगर नगरपालिका-६ स्थित नेपाल भारत सीमा नाका काँकडभिट्टामा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको “सुरक्षा सुनिश्चितता अभियान” अन्तर्गत तालिम प्राप्त कुकुरसहित चेकजाँच शुरु गरिएको हो ।

सीमावर्ती क्षेत्रबाट हुन सक्ने लागू औषध ओसारपसार, विस्फोटक पदार्थ तथा अन्य आपराधिक गतिविधि नियन्त्रणको लागि पारूँ र पिंकु नाम गरेका २ वटा तालिम प्राप्त कुकुरसहित चेकजाँच शुरु गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए । उनले कुकुरले सुँघेर पत्ता लगाउने भएकाले प्रहरी चेकजाँचमा सहयोग पुग्ने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर