Aamsanchar

काठमाडौंमा लुटपाट गर्न आएको टोलीमाथि प्रहरीले चलायाे गाेली

Author Image
बिहिवार, असोज २५, २०८०

काठमाडौं – हतियारसहित लुटपाट गर्न आएको टोलीमाथि प्रहरीले गोली चलाउँदा १ जना घाइते भएका छन्।

बिहीबार दिउँसो गोकर्णेश्वर नगरपालिका ९ स्थित जगडोलमा लुटपाट गर्न आएका ६ जनाको समूहमाथि प्रहरीले गोली चलाएको हो। प्रहरीको गोली लागेर सिन्धुली कमलामाई नगरपालिका २ का ३६ वर्षीय अमर घलान घाइते भएका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले  जानकारी दिए।

घाइते उनलाई जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा भर्ना गरिएको छ। लुटपाटमा आएका अन्य दुई जना ३६ वर्षका शान्त लामा र ३० वर्षका दिपेन लामालाई नियन्त्रणमा लिइएको एसपी रेग्मीले बताए।

उनका अनुसार अन्य ३ जना फरार छन्। पक्राउ परेका तीन जनाबाट एक पेस्तोलसहित ७ राउण्ड गोली बरामद भएको छ ।

हतियारसहित आएका उनीहरूलाई पक्राउ गर्ने क्रममा प्रहरी टोलीमाथि नै आक्रमणमा उत्रिएपछि गोली चलाइएको एसपी रेग्मीले बताए। विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली बौद्ध पुगेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर