विराटनगर। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ६८ औं प्रहरी दिवसको अवसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी परिसरमा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यमा प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूको उपस्थितमा बिभिन्न जातका १ सय भन्दा बढी बिरुवाहरू रोपिएको थियो ।

वृक्षारोपणको क्रममा प्रदेश प्रहरी प्रमुख बास्तोलाले रोपिएका बिरुवाको संरक्षण, सम्वर्द्धन समेत गरी वातावरणलाई सफा, स्वच्छ, सुन्दर तथा सन्तुलन बनाउने कार्यमा सम्पूर्ण प्रहरी कर्मचारीले निरन्तर लागि पर्नु पर्ने समेत बताउनु भएको छ । उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोला तथा संघका पदाधिकारीहरू समेतले वृक्षारोपण गरेका थिए ।
६८ औ प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय तथा अन्तरगत रहेका सम्पूर्ण प्रहरी कार्यालयहरू परिसरमा एक हजार भन्दा बढी बिभिन्न जातको रूख तथा फलफूलका बिरुवाहरू रोपिएका छन ।
