![](https://aamsanchar.com/wp-content/uploads/2024/11/ramro.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/10/InShot_20231013_081903135.jpg)
काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेले त्रिदेशीय टी–२० श्रृङ्खला नखेल्ने घोषणा गरेका छन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/manav-Finel.gif)
आउँदो कात्तिक १ गतेदेखि शुरु हुने शृङ्खलाका लागि नाम फिर्ता लिने निर्णय गरेको उनले जानकारी दिएका छन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/nepal-s-yyy.gif)
नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल, यूएई र हङकङबीच शृङ्खलाको आयोजना गरेको छ । तर लामिछानेले सामाजिक सञ्जालमार्फत् आफू कठिन परिस्थितिबाट गुज्रिरहेकोले खेलमा सहभागी हुन नसक्ने बताएका छन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2025/01/birta-h.gif)
कात्तिक १ गतेदेखि शुरु हुने शृङ्खलाको फाइनल खेल कात्तिक १० गते हुनेछ । समूह चरणका खेल मूलपानी क्रिकेट मैदानमा र फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । नेपालले आफ्नो पहिलो खेल कात्तिक १ गते यूएईसँग, दोस्रो खेल कात्तिक २ गते हङकङसँग खेल्नेछ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/C-REC-1.67-MB.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/12/kasham.gif)
यस्तै, कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते फेरि यूएईसँग खेल्नेछ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 102