Aamsanchar

बिर्तामोडमा ट्रकको ठक्करबाट एक महिला पैदल यात्रीको मृ*त्यु

Author Image
शुक्रवार, असोज २६, २०८०

प्रतिकात्मक तस्बिर

झापा – झापाको बिर्तामोडमा ट्रकको ठक्करबाट एक महिला पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा पैदल यात्री दोलखा कालिन्चोकका ५१ वर्षीया देविमाया थामी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।बिर्तामोड नगरपालिका-१ स्थित पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख २०८३ नम्बरको ट्रकले पैदल यात्री थामीलाई ठक्कर दिएको थियो।

घाइते भएकी थामीको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो। यता घटनामा संलग्न ट्रक र चालक सुनसरी गढी गाउँपालिका-४ का ३९ वर्षीय रमेश चौधरीलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर