Aamsanchar

आँधीखोला किनारबाट ११ वटा ट्याक्टर प्रहरीकाे नियन्त्रणमा

Author Image
शुक्रवार, असोज २६, २०८०

स्याङ्जा – वालिङ नगरपालिका-१३ स्थित आँधीखोला किनारबाट ११ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। आँधीखोलास्थित गाहाखोलाबाट बिहीबार साँझ नदीजन्य पदार्थ बालुवा उत्खनन गरी ओसारपसारमा संलग्न रहेको जनाउँदै ती ट्याक्टरहरू नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

कानुन विपरीत नदीजन्य पदार्थ बालुवा उत्खनन् तथा ओसारपसारमा संलग्न रहेको जनाउँदै प्रहरीको टोलीले ९ वटा भरिएका र २ वटा खाली अवस्थाका ट्याक्टरहरूलाई आफ्नो नियन्त्रणमा लिएको प्रनाउ खनालको भनाइ छ।

प्रहरी नियन्त्रणमा ग १ त ५९५१, ग १त ५९४३, ग १ त ५९२४, खु १ त ७१५६, लु ४ त ६८७९ भरी, लु ४ त ४२६०, लु ४ त ६८८६, लु ३ त ५३०८, ग १ त ३३६९ ढुंगागिटी, बालुवा भरिएको र ग १ त ५१०५ ग १ त ६११० खाली ट्याक्टर हुन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)