Aamsanchar

राजसंस्था पुनःस्थापनाको माग गर्दै मोटरसाइकल र्‍याली

Author Image
शनिवार, असोज २७, २०८०

काठमाडौँ – राजावादी समूहले राजसंस्था पुनःस्थापनाको माग गर्दै मोटरसाइकल र्‍याली गरेका छन्।

शनिवार अनवरत तत्पर फौज (एटिएफ)लगायत राजावादी समूहले राजसंस्था पुनःस्थापनाको निम्ति मोटरसाइकल र्‍याली गरेका हुन्। उनीहरूले अहिलेको देशको अवस्थालाई राजाले मात्रै समाधान गर्नसक्ने बताए।

उनीहरूले राजसंस्था अहिलेको अपरिहार्य भएको भन्दै देशमा राजसंस्था पुनःस्थापना हुनुपर्ने माग गरे। अहिले राष्ट्रिय हित, शान्ति, समुन्नति र राष्ट्रिय एकता अखण्डताका आधारहरू क्रमशः कमजोर बन्दै गएकाले राजसंस्था पुनःस्थापना हुनुपर्ने उनीहरूको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर