Aamsanchar

झापामा अनलाइन पत्रकार मञ्च गठन, संयोजकमा भण्डारी

Author Image
शनिवार, असोज २७, २०८०

झापा । पत्रकार सुरेन्द्र भण्डारीको संयोजकत्वमा ‘अनलाइन पत्रकार मञ्च झापा’गठन गरिएको छ ।
अनलाईन सञ्चार माध्यमलाई व्यवस्थित र एकरुपता दिँदै सूचना प्रवाह गर्ने उद्देश्यका साथ बिर्तामोडमा शनिवार भएको भेलाले भण्डारीको संयोजकत्वमा ‘अनलाईन पत्रकार मञ्च झापा’ गठन गर्ने निर्णय गरेको हो ।
पूर्बाञ्चल दैनिकका सह सम्पादक समेत रहेका भण्डारी नेपाल पत्रकार महासंघ कोशी प्रदेश कार्य समिति सदस्य हुन् ।

झापाका सबै अनलाईनहरुलाई एकताबद्ध बनाउँदै अगाडि बढ्ने उद्देश्यका साथ दुई महिना भित्र जिल्ला अधिवेशन गर्ने निर्णय गर्दै भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको हो ।
समितिको सदस्यहरुमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश कार्य समिति सदस्य लीलाराज झापाली सहित पत्रकार विनोद पाण्डे, नरेन्द्र ढकाल , उद्धव पुरी, राम प्रसाद निरौला, सन्तोष न्यौपाने, केशव चापागाई, राजन साम्पाङ्ग, जनक न्यौपाने र मनोज तिवारी रहेका छन् ।

अनलाईन सञ्चार माध्यमलाई व्यवस्थित गर्दै पत्रपत्रिका सरह अनलाई सञ्चार माध्यमलाई समेत लोक कल्याणकारी विज्ञापन उपलब्ध गराईनु पर्ने , स्थानीय तहले एजेन्सी मार्फत उपलब्ध गराउने विज्ञापन झापाका सबै ‘अनलाईन मिडिया’लाई स्थानीय तहले नै समानुपातिक रुपमा वितरण गर्नु पर्ने भन्दै संयोजक भण्डारीले अनलाईन सञ्चार माध्यमलाई भरपर्दाे र विश्वसनीय बनाउँदै सबै पत्रकारहरुको क्षमता अभिबृद्धिका कार्यक्रम सञ्चालन गर्न मञ्चले भूमिका निर्वाह गर्ने बताए । संयोजक भण्डारीले मञ्चले आगामी दिनमा सबै क्षेत्र र भूगोल समेट्दै सबैले अपनत्व महसुस गर्ने गरी काम गर्ने बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर