Aamsanchar

सेल्फीडाँडा मोडमा सवारी दुर्घटना हुँदा विदेशी नागरिकसहित २ जना घाइते

Author Image
सोमवार, असोज २९, २०८०

जोमसोम – मुस्ताङको बारागुङ मुक्तिक्षेत्र-४ कागबेनीस्थित सेल्फीडाँडा मोडमा सवारी दुर्घटना हुँदा विदेशी नागरिकसहित २ जना घाइते भएका छन्।

घाइते हुनेमा बेल्जियमकी नागरिक क्याट गोले र पर्यटक पथप्रर्दशक (गाइड) काठमाडौं महानगरपालिका बस्ने ३१ वर्षीय रञ्जित थापा छन्।

मुक्तिनाथबाट जोमसोमतर्फ आउँदै गरेको ग १ ज ६९५ नम्बरको ट्याक्सी ब्रेकफेल भई सोमबार दिउँसो ११ बजेको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक दिनेश गौतमका अनुसार चालकसहित ५ जना यात्रु रहेकामा दुई जना घाइते भएका हुन्। दुर्घटनामा घाइते भएकी बेल्जियमकी नागरिकको दाहिने खुट्टामा गम्भीर चोट लागेको छ। नेपाली गाइडको दाहिने खुट्टामा चोटपटक लागेको प्रहरी निरीक्षक गौतमले जानकारी दिए।

घाइतेको हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौं पठाइएको छ। लमजुङको बेसीसहरदेखि मनाङ हुँदै थोरङ्पास गरेका उनीहरू जोमसोम आउनका लागि मुक्तिनाथबाट ट्याक्सी चढेका थिए। प्रहरीले ट्याक्सी र सवारी चालक कृष्णबहादुर भण्डारीलाई नियन्त्रणमा लिएको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर