Aamsanchar

नापी कार्यालय भद्रपुरमा कार्यरत सर्वेक्षक र विचौलिया घुससहित नियन्त्रणमा

Author Image
सोमवार, असोज २९, २०८०

झापा-  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भद्रपुर, झापामा कार्यरत सर्वेक्षक देव नारायण ठाकुर र विचौलिया उमेश यादवलाई घुससहित नियन्त्रणमा लिएको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार जग्गा कित्ताकाट गरेवापत ७० हजार रुपियाँ नगद र ५५ हजार रुपियाँको चेक गरी सेवाग्राहीसँग एक लाख २५ हजार रुपियाँ घुस लिइसकेको अवस्थामा आयोगको कार्यालय, इटहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर