Aamsanchar

हरिकुल नमुनाद्वारा वाल शिक्षा केन्द्रलाई डेक्स बेञ्च प्रदान

Author Image
मङ्गलवार, असोज ३०, २०८०

कनकाई ।  झापा कनकाई नगरपालिका–३ सुरुंगामा रहेको हरिकुल नमुना माध्यमिक विद्यालयले एक बालविकास केन्द्र (विद्यालय) लाई डेक्स बेञ्च उपलब्ध गराएको छ ।
कनकाई नगरपालिका ४ को बगरटोलमा रहेको वाल शिक्षा केन्द्र (वालविकास) लाई डेक्स बेञ्चको प्रबन्ध गरेको हो ।

लायन्स क्लब अफ सुरुंगा, लियो क्लब अफ कनकाई सुरुङ्गा सँगको सहकार्यमा वाल शिक्षा केन्द्रलाई आवश्यकीय डेक्स बेञ्च, स्टेसनरी सामाग्री र स्कुल ब्याग झोला प्रदान गरेको हरिकुलका शिक्षक सन्दिप मरासिनीले जानकारी दिए ।

वाल शिक्षा केन्द्रमा ५५ जना बालबालिकाहरू पठन अभ्यास गर्दै आएका छन् ।

चार वर्ष पहिले स्थापना भएको उक्त विद्यालयमा नियमित प्रयोग गर्ने डेक्सबेन्च नहुदाँ अध्यापन गर्न समस्या भएको पाइएपछि लायन्स, लियोको सहजीकरण र हरिकूलको सौजन्यमा सामाग्रीहरू हस्तान्तरण गरिएको लायन्स क्लब अफ कनकाई सुरुङ्गाका अध्यक्ष सञ्जय गजुरेलले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)